बाँके बैजनाथ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर ६ हजार ९५१ जना कोरोना संक्रमित निको भएको बताएको छ।
योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ। मन्त्रालयका अनुसार नेपालमा कोरोना निको भएको दर ८४.२ प्रतिशत रहेको छ।
पछिल्ला दिन नेपालमा थपिने कोरोना संक्रमितको संख्याभन्दा निको हुनेको संख्या बढ्दै आएको छ।