९ कार्तिक २०८३, आईतवार

अर्जेन्टिनाविरुद्ध फाइनल खेल्ने नेइमारको चाहना पूरा
  • न्युज मानसराेवर

एजेन्सी। कोपा अमेरिकाको फाइनलमा लियोनल मेस्सीको अर्जेन्टिनाविरुद्ध खेल्ने ब्राजिलका फरवार्ड नेइमारको चाहना पूरा भएको छ। मंगलबार बिहान पेरूलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाएपछि नेइमारले बार्सिलोनाका पूर्वसहकर्मी मेस्सीको टिम अर्जेन्टिनाविरुद्ध फाइनल खेल्ने चाहना व्यक्त गरेका थिए। आज बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई टाईब्रेकरमा ३–२ ले हराउँदै फाइनलमा स्थान बनाएको छ।

  • २३ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech