कोहलपुर । कोहलपुर । कोहलपुरमा ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न गरिएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा रेडियो प्रतिबोध एफ एमको आयोजनामा तालिमको आयोजना गरिएको थियो ।
आधारभूत पत्रकारीता तालिमको समापनमा बोल्दै कोहलपुर नगरपालिका वडा न ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले पत्रकार राज्यको महत्वपूर्ण अंग भएका कारण राज्यलाई सधै जनताप्रति जवाफदेही बनाउने औजारका रुपमा पत्रकार हुने बताए । थापाले आधारभूत सिकाइहरु बाट समाज रुपान्तरण तर्फ केन्द्रत हुन आग्रह गरेका थिए ।
५ दिने आधारभूत तालिमको प्रशिक्षकका रुपमा पत्रकार मधु शाही ,पवित्रा परियार, शिव सुनार ,जीवन ठकुरी लगाएतले सहजीरकण गरेका थिए । आधारभूत पत्रकारिता तालिममा ३३ जना सहभागि रहेका थिए । कार्यक्रममा एफ. एम संचालक समितिका अध्यक्ष बुद्ध सुनार वडा अध्यक्ष कर्ण थापाले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।