७ मंसिर २०८१, शुक्रबार

पर्यटन प्रवद्धन गर्न निकुञ्जको बाँकेका पत्रकारसंग अन्तरक्रिया
  • रबि रोकाया

बाँके । बाँके राष्ट्रिय निकुञ्जले बाँकेका पत्रकारहरु संग अन्तरक्रिया गरेको छ । बाँकेका पत्रकारहरु संग अन्तरक्रिया गर्दै हाल सम्म बाँके राष्ट्रिय निकुञ्ज गतिविधि बारे जानकारी गराएको हो । बाँके राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षक अधिकृत श्यामकुमार शाहले निकुञ्जमा जनावरहरुको संरक्षणका लागि पानी पोखरी घाँसे मैदान, पोष्ट निमार्ण बाँके, दाङ सल्यान जिल्ला स्थित मध्यवर्ती क्षेत्रमा तारबार लगाएका कार्य सम्पन्न गरिएको जानकारी गराए ।

शाहले बन्यजन्तुको सडक दुर्घना तथा नहरमा डुबेर मृत्युहुनेको संख्या ६८ रहेको बताउदै उद्धारमा बाके निकुञ्जले हाल सम्म २९ जीवजन्तुको उद्धार गरिएको कार्यक्रममा जानकारी गराए थिए । यसै गरी हाल सम्म वन्यजुन्तु बाट मध्यवर्ती क्षेत्रमा गरेको क्षेति बापत ९० लाख रकम निकासा गरिएको अन्तरक्रियामा जानकारी गराइएको थियो ।

हाल बाँके राष्ट्रिय निकुञ्जमा २९ बटा बाघ रहेको कार्यक्रममा जानकारी गराइएको थियो भने विश्वमा लोभ अवस्थामा रहेका चौकाको मुख्य बाँस्थान बाँके निकुञ्ज नै रहेको छ । यसै गरी अन्तरक्रियामा बोल्दै राष्ट्रिय प्रकृति संरक्षक कोष बर्दिया संरक्षक कार्यक्रमका अधिकृत रविन कनौडियाले विश्वमा बाघको हालको अवस्था र पर्यटन प्रवद्धनमा खेलेको भूमिका बारेमा आफ्नो प्रस्तुति दिएका थिए ।

यसै गरी पर्यटन प्रवद्धन मन्चका कृष्णप्रसाद श्रेष्ठ ,गाभर होम स्टे पाउँना घरका संचालन कृष्ण चौधरी, बाँके राष्ट्रिय निकुञ्ज सहायक संरक्षण अधिकृत महेश न्यौपाने लगाएले पर्यटन प्रवद्धनका सम्भावना बारे आफ्नो धारणा राखेका थिए ।

 Tour and travelव्यवसायिहरुको गुनासो

Tour and travel टुर एण्ड टा«वल व्यवसायिहरुको समेत सहभागितामा संचालन गरिएको अन्तरक्रिया कार्यक्रममा व्यवसाय श्री राम सिग्देल लगाएत व्यवसायहरुले निकुञ्जले सहकार्य गर्न रुचि नदेखाएको बताए । सम्पर्कमा जान खोज्दा पनि सम्पर्कमा नआउने बानीले बाँकेको पर्यटन प्रवद्र्धन गर्न ग्रारो हुने बताएका थिए । यसै गरी व्यवसायहरुले पर्यटन प्रवद्धन गर्नाका लागि होटल व्यवसाय लगाएत क्षेत्रसंग समेत समन्यन गर्न निकुञ्जलाई आग्रह गरेका थिए ।

प्रचार प्रसारको अभाव
बाँके राष्ट्रिय निकुञ्जमा प्रसस्त सम्भावना बोकेको भएतापनि यसको प्रचार प्रसारमा अभार रहेको अन्तरक्रियामा पत्रकाहरुले बताएका छन् । कार्यक्रममा पत्रकार रुद्ध सुवेदी दुर्गा रोकाया निर्मल आचार्य लगाएतले  प्रचुर सम्भावना रहेको बाँके राष्ट्रिय निकुञ्ज संग आम सञ्चारकर्मीहरुको पहुँच स्थापन गराउन पहल गर्नु पर्ने बताएका थिए ।

नेपाल सरकारले १०० गन्तव्य मध्य बाँके राष्ट्रिय निकुञ्ज ५७ स्थानमा रहेको छ । प्रचुर सम्भावना रहेको बाँके राष्ट्रिय निकुञ्ज पर्यटक भित्राउन भने सफल भएको छैन । नेपालको नै कान्छो निकुञ्जको उपनाम बोकेको बाँके राष्ट्रिय निकुञ्ज २०६७ सालमा स्थापना भएको थियो । कूल क्षेत्रफल ५ सय ५० वर्गकिलोमिटरमा फैलिएको निकुञ्ज बाँके सल्यान र दाङ जिल्लाका भूभाग समेटीएको छ।’ भने ३ सय ३० किलोमिटर भूभाव मध्यवर्ती क्षेत्र संग जोडिएको छ । ‘ मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र खड्काको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रमको समापन गरिएको थियो ।

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech