७ मंसिर २०८१, शुक्रबार

विपन्न २६ परिवारले पाए राहत
  • न्युज मानसराेवर

बैजनाथ बाँके ।  कोरोना महामारीका कारण आयआर्जनमा समस्या परेका समुदायलाई राहत वितरण गरिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जको पहलमा जुवलोजिकल सोसाईटी अफ लण्डन बाँके बर्दिया कम्प्लेक्सको आर्थिक सहयोग तथा देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको आयोजनामा राहत वितरण गरिएको हो ।

मध्यवर्ती क्षेत्रमा संरक्षणमा आवद्ध विपन्न २६ घर परिवारले राहत प्राप्त गरेका छन् ।२६ घर परिवारले महिना दिन सम्म खान पुग्ने गरी खाद्यन सामाग्री वितरण गरिएको समितिका सचिव लोकन्द्र खत्रीले गराएका छन् ।  राहत वितरणमा बैजनाथ गाउँपालिका वडा न १ का अध्यक्ष रुप बहादुर मल्ल लगाएत स्थानीय नेताहरुको समेत सहभागिता रहेको थियो ।

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • Nabintech