कोहलपुर। कोहलपुर नगरपालिकामा खोप सेवाको दोस्रो दिन आज दुई हजार एक सय बहत्तर जानाले सेवा लिएका छन। कोहलपुर नगरपालिकाले खोप सेवा यही श्रावण १० गते बाट शुरु गरेको थियो । १२ गते सम्म खोप अभियान संचालन हुने बताइएको छ । आज खोप सेवा लिने महिला एक हजार एक सय उन्नाइ जनाले लिएका छन भने एक हजार त्रिपन्न जना पुरुषले खोप सेवा लिएका छन। खोप सेवा कोहलपुरनगरपालिकाका पन्ध वटै वडाहरुमा संचालन गरिएको कोहलपुर नगरपालिका कोभिड १९ फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन ।