कोहलपुर।कोहलपुर नगरपालिकामा कोरना संक्रमित संख्या २२ मा झरेको छ । हिजो २५ रहेको यो संख्या आज २२ मा झरेको हो । २ पुरुष र १ महिला संक्रमण मुक्त भए पछि संक्रमित संख्या २२ मा झरेको हो । ७ पुरुष १५ महिला गरी कूल २२ जना अब संक्रमण मुक्त हुन बाँकी छन। उनीहरु सबै होमआइसोलेसमा छन । पछिल्लो समय संक्रमित संख्यामा बृद्धि भइरहेको छ । संक्रमित सबैलाई वडा स्थित स्वास्थ्य कार्यालयमा आवद्ध कर्मचारीहरुले मनोपरामर्श सेवा उपलब्ध गराइएको कोहलपुर नगरपालिका कोभिड १९ फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन।