बाँके बैजनाथ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँके सहितका थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।
अस्पतालले बुधबार राती ८:२० बजे जारी गरेको अद्यावधिक अनुसार बाँके तथा बर्दिया लगायतका जिल्लाका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका ३२५ स्वाबको नमुना मध्ये ३१ जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।