१३ बैशाख २०८१, बिहीबार

भेरीको परिक्षणमा थप ३१ जनामा कोरोना पुष्टि

३२५ स्वाबको नमुना मध्ये ३१ जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँके सहितका थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालले बुधबार राती ८:२०  बजे जारी गरेको अद्यावधिक अनुसार बाँके तथा बर्दिया लगायतका जिल्लाका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका ३२५ स्वाबको नमुना मध्ये ३१ जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।

 

  • २८ आश्विन २०७७, बुधबार प्रकाशित

  • Nabintech