बाँके। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ। कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए। राज्यमन्त्री श्रेष्ठले ट्विटरमार्फत कोभिड संक्रमण विद्यमान रहेकाका बेला ४ लाख विद्यार्थीको जीवन रक्षाप्रति मन्त्रालय अत्यन्त संवेदनशील रहेको स्पष्ट पारेका हुन्।