१४ बैशाख २०८१, शुक्रबार

बाँकेमा उठ्यो न्यायका लागि आवाज, युवाले गरे नेतृत्व

महिला नै राष्ट्रपति भएको मुलुकमा यस्तो घटनाहरु दिनदिनै बाहिर आइरहँदा अब आफ्नो ज्यान समेत जोखिममा रहेको अनुभूति भइरहेको उनीहरुको भनाइ छ ।

  • अस्मिता सिग्देल

बाँके  । पछिल्लो समयमा विभिन्न स्थानमा विभिन्न उमेर समुहका नारी हरु माथि करणी र करणी पछि हत्याका घटना सार्वजनिक भैरहेका छन् र पीडक पक्षले उन्मुक्ति पाइरहेको घटनाको विरुद्धमा कोहलपुरका सचेत युवहरुको एक समुहले बाँकेको कोहलपुर चौराहाबाट साझा चोक हुदै इलाका सम्म बिरोध कार्यक्रम आयोजना गरेको छ।

यो कानुनी शासन, शुन्यसहनशिलता र दण्डहीनतामाथिको ठूलो प्रश्न रहेको भन्दै युवाहरु सडकमा निस्केका हुन् । अझ कतिपय यस्ता घटनालाई हाम्रो समाज नै खुलेआम ढाकछोप गर्न लागिपरेको छ । जसले आधुनिक विश्वलाई गिज्याई रहेको छ । निर्मला पन्त, सम्झना कामी जस्ता अन्य धेरैले अझै न्याय पाउन बाँकी छ । पक्राउ परेका र अझै फरार रहेका अपराधीहरुले उन्मुक्ति नपाउन भन्नका लागि युवाहरुले खबरदारी सुरु गरेका छन् ।

संक्रमणको त्रासकाबीच कोहलपुरका युवाहरु एकजुट भई बलात्कारजस्ता जघन्य अपराधका घटनाविरुद्ध आवाज उठाउन थालेका छन् । उनीहरु सामाजिक दूरी कायम गर्दै सडकमा उत्रिएका छन् । हिजो निर्मला, आज सम्झना, भोलि हजुर कोहि ?  इनफ इज इनफ (Enough is Enough) / उइ वान्ट जस्टिस
(We Want Justice)  जस्ता नारा लगाउँदै कोहलपुरका युवाहरुले बिहिबार चौराहामा भेला भई यस्ता घटना विरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शनमा उत्रेका हुन्। बलात्कार, एसिड प्रहार जस्ता जघन्य अपराध गर्नेहरु खुलेआम हिँडिरहेको भन्दै अपराधीलाई कडा भन्दा कडा सजाय हुनुपर्ने र पीडितले न्याय पाउनु पर्ने प्रदर्शनकारीहरुको भनाइ छ ।

चौराहा चोकमा भेला भएका युवाहरु नारा लगाउँदै नगर परिक्रमा गर्दै इलाका अगाडि पुगेर कोणसभामा सहभागि भएका थिए । आक्रोशित युवाहरुले तीनै तहका सरकारमाथि र सिंगो न्यायालयमाथि नै प्रश्न उठाएका छन् । महिला नै राष्ट्रपति भएको मुलुकमा यस्तो घटनाहरु दिनदिनै बाहिर आइरहँदा अब आफ्नो ज्यान समेत जोखिममा रहेको अनुभूति भइरहेको उनीहरुको भनाइ छ ।

यस्ता घटनाहरुको सम्बोधन नहुने व्यवस्थाबाट सम्वृद्धिको कल्पना कसरि गर्न सकिन्छ भन्ने युवाहरुको प्रश्न समेत रहेको छ।चौराहा चोकमा भेला भएका युवाहरु नारा लगाउँदै नगर परिक्रमा गर्दै इलाका अगाडि पुगेर कोणसभामा सहभागि भएका थिए । आक्रोशित युवाहरुले तीनै तहका सरकारमाथि र सिंगो न्यायालयमाथि नै प्रश्न उठाएका छन् । महिला नै राष्ट्रपति भएको मुलुकमा यस्तो घटनाहरु दिनदिनै बाहिर आइरहँदा अब आफ्नो ज्यान समेत जोखिममा रहेको अनुभूति भइरहेको उनीहरुको भनाइ छ । यस्ता घटनाहरुको सम्बोधन नहुने व्यवस्थाबाट सम्वृद्धिको कल्पना कसरि गर्न सकिन्छ भन्ने युवाहरुको प्रश्न समेत रहेको छ।

  • ३० आश्विन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech