१४ बैशाख २०८१, शुक्रबार

कोरोनाले मुर्ति निर्माण न्यून

मुर्ति कलाकार सन्दीप वंशकारका अनुसार महिना दिन अगावैदेखि मुर्ति बनाउन शुरु गरिएको छ ।

  • न्युज मानसराेवर

बाँके ।  हरेक वर्ष झैं यस वर्ष पनि नेपालगन्जको विभिन्न स्थानमा मुर्ति निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ ।

गाउँ, नगर गरि जिल्लामा प्रतेक वर्ष लगभग पाँच सय बढी मुर्तिहरुको स्थापना हुने गरेको छ ।

मुर्ति कलाकार सन्दीप वंशकारका अनुसार महिना दिन अगावैदेखि मुर्ति बनाउन शुरु गरिएको छ । परिवारका सात – आठ जनाले मिलेर  यस पटकको शरदिय नवरात्रीको बेलासम्म जम्मा ११ वटा मुर्ति बनाएको उहाँले बताउनुभयो । मुर्ति निर्माण कार्य लगभग पूरा हुने अवस्थामा छ । आर्डर अनुसारको गाउँ तथा नगरको गरि जम्मा यस पटक ११ वटा मुर्ति बनाउन सफल भएको कलाकार वंशकारले बताउनुभयो ।

यसैगरी मुर्तिकार विनय लखेरका अनुसार यसपालिको मुर्ति निर्माणकार्यलाई कोरोनाकालले पनि प्रभावित गरेको छ ।कोरोनाले गर्दा यस पटक मुर्ति स्थापनामा कमि आउने बताउनुभयो । मुर्तिकार लखेरका अनुसार विगतको वर्षहरुमा चार सयको हाराहारीमा सीमासंग जोडिएको भारतको विभिन्न स्थानबाट मुर्तिहरु आउने गरेको भएपनि यसपटक कोरोनाले गर्दा आउन पाएका छैनन् ।

मुर्ति भारतबाट आउन नपाए पनि यस पटक नेपालगन्जमा कोरोनाले कारण तचहल पहल कम भएको छ ।  आफुले यस पटक कुल २८ वटा मुर्ति निर्माण गरिरहेको उहाँले बताउनुभयो । लखेरका अनुसार आफ्नो यहाँ मुर्तिको मुल्य १५ हजारदेखि ४५ हजारसम्मको मुर्ति निर्माण कार्य भैरहेको जानकारी दिनुभयो ।  उहाँ जस्तै जिल्लाका विभिन्न ठाउँहरूमा मुर्तिकारले मुर्ति निर्माण कार्य गरिरहेका छन । तर कोरोना महामारीका करण बिगतका वर्षभन्दा यो वर्ष मुर्ति निर्माणदेखि विभिन्न चोक, गाउँमा मुर्ति स्थापना कार्य कम हुने देखिएको छ ।

  • १ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech