१६ चैत्र २०८०, शुक्रबार

कानून निमार्णमा क्रियाशिल हुदै नरैनापुर गाउँपालिका

असोजमा मात्र ६ वटा कानून निर्माण

  • न्युज मानसराेवर

बाँके, । कानून निर्माणलाई तीब्रता दिएको नरैनापुर गाउँपालिकाले असोज महिनामा ६ वटा कानून, नियमावली र कार्यविधि बनाएको छ । शुक्रबार विशेष गाउँसभाबाट वातावरण तथा प्राकृतिक संरक्षण स्रोत ऐन, २०७७ सर्वसम्मतले पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले
बताए ।


गाउँपालिकाको ९ असोजमा बसेको कार्यपालिका बैठकबाट पाँच वटा नियमावली र कार्यविधि बनाएको उनले बताए । शुक्रबार गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको विशेष गाउँसभाले वातावरण तथा प्राकृतिक संरक्षण स्रोत ऐन, २०७७ सर्वसम्मतले पारित गरेको शाहीले जानकारी दिए ।
प्रदेश सरकारले तत्काल ऐन ल्याउन ताकेता गरेपछि विशेष गाउँसभाबाट सर्वसम्मत पारित गरिएको शाहीको भनाई छ ।

पारित भएको ऐन, कानून, नियमावली र कार्यविधिलाई राजपत्रमा प्रकाशित गरि कार्यान्वयनमा ल्याइने गाउँपालिका अध्यक्ष शाहले बताए । नयाँ बनेका ऐन, कानून, नियमावली र कार्यविधि लागू भएपछि वातावरण स्रोत नक्सा तयार गर्न, वातावरण प्रतिकुल हुने अवस्थालाई रोक्न, वन क्षेत्रको संरक्षण गर्न, स्थानीय स्रोतको दोहनलाई न्यूनिकरण गर्न र स्थानीय स्रोतमा बृद्धि गर्न सहज हुने उनको भनाई छ ।

यसअघि ९ असोजमा कार्यपालिका बैठकबाट सार्वजनिक खरिद नियमावली, २०७७, सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालन सम्वन्धि कार्यविधि, २०७७, व्यवसाय कर सम्वन्धि कार्यविधि, २०७७, घर जग्गा बहाल कर व्यवसाय कार्यविधि, २०७७ र सार्वजनिक जवाफदेहिता प्रबद्र्धन सम्बन्धि कार्यविधि, २०७७ पारित भएको प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए ।

अध्यक्ष शाहले प्रारम्भिक वातावरणीय परिक्षण (आइईई) मार्फत् वातावरणमैत्री विकासका लागि बाटो खुलेको बताए । गाउँसभामा प्रस्तावित ऐन माथि वडा नं. ३ का अध्यक्ष राजकुमार मौर्य र वडा नं. ५ का अध्यक्ष कृष्णचन्द्र मौर्यले सुझाब दिएका थिए । जिन्सी शाखा प्रमुख भरत महतोले सञ्चालन गरेको गाउँसभामा उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तव, वडा नं. १ का अध्यक्ष मोल्हे बेहना शेष, २ का अध्यक्ष मसुद अहमद शाह, ४ का अध्यक्ष दिनेशप्रसाद शर्मा र वडा नं. ६ का अध्यक्ष वीरेन्द्रपाल सिंह लगायतले विचार राखेका थिए ।

 

  • १ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech