१५ चैत्र २०८०, बिहीबार

विकास निर्माणमा प्रतिबद्ध छु-साँसद अथक

ढकेरी क्षेत्रको विकासकालागि गुरु योजना बनाएर अघि बढ्नु पर्ने, वजार विस्तार र पर्यटनको संभावनाहरुलाई मध्यनजर गर्दै बाहय तथा स्वदेशी पर्यटकहरुको आकर्षणको केन्द्रका रुपमा विकास गर्न पहल थाल्लने

  • न्युज मानसराेवर

बैजनाथ बाँके । नेपाल कम्युनिष्ट (नेकपा)का  केन्द्रिय सदस्य तथा बाँके क्षेत्र नं १ का संघिय साँसद महेश्वर गहतराज अथकले जनस्तरबाट आएका विकास निर्माणका मागहरुलाई प्राथामिकताका आधारमा सम्वोधन गरि रहेको बताएका छन् ।

निर्वाचन क्षेत्र भित्रका समस्या समाधान गर्न र विकास निर्माणका योजनाहरुका विषयमा आफुले गंभिर ढंगले पहल गरिरहेको बताएका छन् ।
साँसद अथकले राप्ती सोनारी गाउँपालिका वडा नं ९ को ढकेरीमा ढकेरी बजार व्यवस्थापन समितिले आयोजना गरेको दुर्गा पुजा तथा सडक बत्तिको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका साँसद अथकले बाँके राष्टिय निकुञ्जसँग जोडिएको ढकेरीलाई बजार विस्तारसँगै पर्यटन क्षेत्रको रुपमा विकास गर्नु पर्नेमा जोड दिएका थिए ।
साँसद अथकले कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा ढकेरी क्षेत्रको विकासकालागि गुरु योजना बनाएर अघि बढ्नु पर्ने, वजार विस्तार र पर्यटनको संभावनाहरुलाई मध्यनजर गर्दै बाहय तथा स्वदेशी पर्यटकहरुको आकर्षणको केन्द्रका रुपमा विकास गर्न पहल थाल्लने बताए । संविधान सभाका सदस्य तथा नेकपाका नेता अशोक रोकायाले ढकेरी क्षेत्रको विकास ओझेलमा परेकाले वजार विस्तार हुन नसकेको गुनासो गरे । समग्र ढकेरी क्षेत्रको विकासले गति लिने गरी काम थाल्नेगरी वजेटको व्यवस्थापनमा लाग्न र वजेटको व्यवस्थापमा सहयोग पुर्याउन संघिय साँसद अथकलाई आग्रह गरे ।

ढकेरीका स्थानीय व्यवसायी तथा होटल व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष ज्ञानेन्द्र खनालले स्थानीय र व्यवसायीहरुबाट आर्थीक स्रोत संकलनगरी ढकेरीको मुख्य चोकमा मिनी स्मार्ट लाईटको व्यवस्था गरेको बताए । बजारका अन्य क्षेत्रहरुमा स्मार्ट र हाई मास्ट बत्तिसँगै सडक र नाली विस्तारका काममा वजेटको आवश्यक्ता रहेको बताए । कार्यक्रममा दुर्गा पुजा र मिनी हाईमास्ट बत्तिकालागि आर्थिक सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।

  • १ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech