१३ बैशाख २०८१, बिहीबार

पर्यटकका लागि खुला बर्दिया निकुञ्‍ज

बर्दिया निकुञ्जको मुख्यालयबाहिर सानाठूला गरी २४ वटा होटल सञ्चालनमा छन् ।

  • कमल पन्थी

बर्दिया — गत चैत ११ गतेदेखि पर्यटकका लागि बन्द गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज शनिबारदेखि खुला भएको छ । दसैं तिहारका बेला बढी पर्यटक भित्रिने भएकाले पर्यटन व्यवसायीले निकुञ्ज खोल्न माग गरिरहेका थिए । स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई निकुञ्ज अवलोकनका लागि प्रवेशको व्यवस्था गरिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले हाललाई जंगल ड्राइभ ९सफारी० र जंगल वाक गर्न अनुमति दिएको बताए । निकुञ्जभित्र हुने र्‍याफ्टिङ, हात्ती सफारी, फिसिङ, क्याम्पिङ भने खुल्ला नगरिएको उनले बताए ।

पर्यटकले निकुञ्ज प्रवेश गर्दा अनिवार्य मास्क लगाउनु पर्ने, सफारी गर्दा जिपमा ६० प्रतिशत पर्यटक बस्नुपर्ने, पैदल अवलोकन गर्दा एक जना गाइड र तीन जना मात्र जानु पर्ने व्यवस्था गरिएको छ ।

यसैबीच पर्यटन व्यवसायीले निकुञ्ज खुल्ला भएकोमा खुसी व्यक्त गरेका छन् । सात महिनादेखि पर्यटन व्यवसायी पर्यटक आवागमन रोकिएपछि आर्थिक रुपमा धरासयी हुन पुगेका थिए । अब केहीहद सम्म पर्यटक भित्रिने आशा पलाएको पर्यटन व्यवसायी रामजी थापाले बताए ।

बर्दिया निकुञ्जको मुख्यालयबाहिर सानाठूला गरी २४ वटा होटल सञ्चालनमा छन् । बर्दिया निकुञ्जमा धेरै पर्यटक बाघ हेर्नका लागि पनि आउने गर्छन् । यहॉ ८७ वटा बाघ रहेका छन् । पत्रकार कमल पन्थीले कान्तिपुरमा समाचार उल्लेख गरेका छन् ।

  • २ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech