१३ बैशाख २०८१, बिहीबार

साईकललाई टिप्परको ठक्कर दिदा छोरीको मृत्यु, बाबु घाईते

टिप्परले साईकल यात्रुलाई ठक्कर दिदा साईकलको पछाडी बसेकी २४ वर्षय युवतीको मृत्यु भएको हो ।

  • न्युज मानसराेवर

साईकलमा सवार बाबु छोरीलाई टिप्परले ठक्कर दिदा दाङमा एकको ज्यान गएको छ भने अर्का घाईते भएका छन । दाङ र अर्घाखाँचीको सीमाना नजिकै टिप्परले साईकल यात्रुलाई ठक्कर दिदा साईकलको पछाडी बसेकी २४ वर्षय युवतीको मृत्यु भएको हो । ठक्करबाट साईकल चालक ५९ वर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते भएका छन् ।

ज्यान जानेमा गढवा गाउँपालिका वडा नम्बर १ जुराउनीका २४ वर्षीया जमुना कुमाल रहेकी छन । मृतक महिला र घाइते पुरुष बाबू छोरी रहेको बुझिएको छ । आइतबार दिउँसो एकबजे पश्चिमबाट पूर्वबाट तर्फ जादै गरेको रात १ त २०२१ नम्बरको टिपरले बाबुछोरी सवार रहेको साइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते जमुनाको उपचारका लागि लमहीतर्फ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय भालुवाङले जनाएको छ । घाइते कुमाललाई बुटवल रिफर गरिएको छ भने शवलाई स्वास्थ्य चौकी लालमटिमा राखिएको छ ।

  • २ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech