७ बैशाख २०८१, शुक्रबार

वाटरपार्क परियोजनाका जग्गाधनीलाई स्थायी पुर्जा

अब स्थायी पुर्जा प्राप्त भएपछि स्थानीयले घर निर्माण लगायतका अन्य कार्य गर्न पाउने भएका छन् ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १ र १८ मा रहेको वाटरपार्क जग्गा एकीकरण परियोजनाअन्तर्गतका जग्गाधनीहरुलाई स्थायी लालपुर्जा वितरण शुरु गरिएको छ । एक दशकपछि जग्गाको स्थायी प्रमाणपत्र वितरण शुरु गरिएको हो ।

मेयर डा। धवलशम्शेर राणा, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्काले आइतवार उपमहानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा जग्गाधनीहरुलाई स्थायी लालपुर्जा हस्तान्तरण गरे ।
जग्गाधनीलाई स्थायी लालपुर्जा हस्तान्तरण गर्दै मेयर राणाले लामो समयको प्रयासपछि वाटरपार्क परियोजनाको सम्पूर्ण कानूनी प्रक्रिया पुरा भई सम्पन्न हुने चरणमा पुगेको जानकारी दिए । उनले स्थायी पुर्जा वितरण सकिएलगत्तै सडक, खानेपानी, विद्युत लगायतका कामका लागि ८० करोड बढिको टेण्डर प्रक्रियामा रहेको बताए ।

वाटरपार्क परियोजनाअन्तर्गत घर निर्माणका लागि एकरुपता दिइने भएको छ । घरको डिजाईन र रङ एकै प्रकारको हुने भएको छ । डेढ वर्षभित्र पूर्णरुपमा परियोजनाको निर्माण कार्य सम्पन्न गर्ने गरि तयारी भईरहेको मेयर राणाको भनाई छ । २०६७ सालमा आयोजना स्वीकृत भएको हो । अब स्थायी पुर्जा प्राप्त भएपछि स्थानीयले घर निर्माण लगायतका अन्य कार्य गर्न पाउने भएका छन् ।

परियोजनाअन्तर्गत ६ सय ६२ जनालाई स्थायी पुर्जा वितरण गरिँदैछ । बाँकी रहेको जग्गा भने प्लटिङ गरि विक्रि गरिनेछ । वाटरपार्क परियोजनामा ६५ विघा जग्गा रहेको छ । जग्गाको न्यूनतम मुल्यांकनसमेत भईसकेको छ । सदरलाइन

  • २ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech