१५ चैत्र २०८०, बिहीबार

मोटरसाइकलले ठक्कर दिदा एक महिलाको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेमा मोटरसाइकलको ठक्करबाट एक ६९ बर्षिया महिलाको ज्यान गएको छ ।

राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७, थपप्टटलीमा आइतबार एक मोटरसाइकलले ठक्कर दिदा सोही ठेगानाका ६९ बर्षिया करुवा थारुको ज्यान गएको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राप्तिसोनारी गाउँपालिका वडा नम्बर ४ नयाँबस्ती बैजापुरका २६ बर्षिय निम प्रसाद थारुले चलाएको भे६प ७२४० नम्बरको मोटरसाइकलले उनलाई आइतबार थपप्टटलीस्थित हुलाकी सडक खण्डमा ठक्कर दिएको थियो ।  मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी करुवा थारुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।

  • ३ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech