१५ चैत्र २०८०, बिहीबार

एकसाथ पर्दामा प्रभाष र दीपिका
  • न्युज मानसराेवर

साउथका सुपरस्टार नायक प्रभाष र बलिउड नायिका दीपिका पादुकोण एकसाथ पर्दामा देखिने भएका छन् । यी दुई कलाकारलाई एकसाथ पर्दामा ल्याउने काम निर्देशक नाग अश्विनले गर्न लागेका हुन् । अश्विनले निर्देशन गरेको ‘महानती’ चलचित्रले राष्ट्रिय पुरस्कार समेत जितेको थियो ।

यो प्रभाषले अभिनय गर्न लागेको २१ औं चलचित्र हो । बलिउडकी सुपरस्टार नायिका दीपिका पादुकोण र साउथका सुपरस्टार प्रभाष एकसाथ पर्दामा देखिन लागेपछि फ्यानको उत्साह पनि बढेको छ ।

यो चलचित्रलाई तेश्रो विश्वयुद्धको कथामा तयार पारिनेछ । यो चलचित्रलाई सन् २०२२ मा रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ । यो चलचित्रलाई हिन्दी, तमिल र तेलुगु भाषामा निर्माण गरिनेछ ।

चलचित्र ‘बाहुवली र बाहुवली २’ रिलिज भएपछि भारतमा मात्र नभएर विश्व बजारमै प्रभाषको क्रेज चुलिएको छ । प्रभाषले अभिनय गरेको चलचित्र ‘साहो’ बक्स अफिसमा आशातित रुपमा नचलेपनि उनको क्रेज पनि निकै देखिएको थियो ।

दीपिका र प्रभाषको यो चलचित्रले बक्स अफिसमा धुम मच्चाउने विश्लेषण गरिएको छ ।

  • ६ श्रावण २०७७, मंगलवार प्रकाशित

  • Nabintech