१४ बैशाख २०८१, शुक्रबार

बैजनाथमा एभरेष्टको सिल्की राइस मिल संचालनमा

१ करोड २५ लाख ५७ हजार ६ सय ८७ रुपैयाको हाल सम्म धान खरिद

  • रवि रोकाया

बाँके बैजनाथ ।  बैजनाथमा गाउँपालिकामा संचालन हुदै आएको  एभरेष्ट कृषि सहकारी संस्थाले सिल्की राइस मिल संचालनमा ल्याएको  छ । एभरेष्ट सहकारीले नेपाल सरकार सहकारी बिभागको साझेदारीमा संचालन भएको धान उत्पादन प्रोसोधन तथा बजारीकरण आयोजना अन्तगत सिल्की राइस मिल संचालनमा ल्याएको हो ।

 उत्पादनमुखी सहकारी संग समन्वय गरी आम कृषि पेशामा आवद्ध कृषहरुलाई अनुदानको दिन प्रदेश सरकार आतुरः मन्त्री पौडेल
सिल्की राइस मिलको औपचारिक रुपमा शुक्रबार  लुम्बिनी प्रदेश  भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेले  उद्घाटन  गरिन् ।  मन्त्री पौडेलले प्रदेश सरकारले उत्पादनमा आधारित कुनै पनि काममा सहकाय गर्न आतुर रहेको कार्यक्रममा  जानकारी गराइन् ।  पौडेलले हाल  सरकारले प्रति केजी खसी मा २५ रुपौया र दुधमा प्रति लिटर २ रुपैया अनुदान दिइरहेको जानकारी गराउदै नेपालको सविधानले प्रत्याभूत गरेका अधिकार प्रयोग गर्दै समाजवादको उदेश्य सहकारी नीति बाट मात्र सम्भव हुने ठोकुवा गरिन् ।

पौडेलले आन्दोलन र धर्ना गर्ने समय समाप्त भएको बताउदै  आम नागरिक अब उत्पादनमा केन्द्रित हुन र संविधान पदत्त अधिकार उपभोग गर्न  आह्न गरिन् । कृषकहरुको रिन मिनाह कार्यक्रमका लागि १५ अर्ब रुपैया लुम्बिनी प्रदेशले विनियोजन गरेको बताउदै यसको उपभोगले  आम कृषहरु लाई सहज तुल्याउन  सहकारी आवश्यक रहेको  उनले भनिन्    । मुख्य रुपमा हामीले निति बनायौ बजेट विनियोजन गर्यौ  तर  विचौलियाले कृषि अनुदान पाउने गरेका छन्  त्यो अत्य गर्न अब सहकारी मार्फत कृषि लोन का कार्यक्रमहरु संचालन गर्ने हो मन्त्री पौडेलले भनिन् । उत्पादनमुखी सहकारी संग समन्वय गरी आम कृषि पेशामा आवद्ध कृषहरुलाई अनुदान दिन प्रदेश सरकार आतुर  रहेको मन्त्री पौडेलले  बताइन् ।

स्थानीय सरकार सहकारी नीति लाई अगाल्दै उत्पादन र बैज्ञानिकरणमा जोड दिदै आएका छौँःबैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल
स्थानीय सरकार सहकारी नीति लाई अगाल्दै उत्पादन र बैज्ञानिकरणमा जोड दिदै आएका छौँ  बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले   भने ।  सहकारी मार्फत समयमै विउ र मल्लको व्यवस्थापन १ वडा १ सहकारी लाई स्थानीय सरकारले अनुमति दिइ आम कृषि पेशामा आवद्ध नागरिकहरुलाई छिटो छरितो विउ मल उपलब्ध गराउने नीति लिएको  ठकुरीले  जानकारी गराए । सहकारी संगको समन्वयका लागि आर्थिक वर्षमा ४० लाख रकम स्थानीय सरकारले विनियोजन गरेको  जानकारी गराए ।

६ हजार झोले सहकारी र दलाल व्यापारीहरुको अनुमती पत्र खारेज गर्न सरकारलाई आग्रह  अध्यक्ष खेम पठाकः नेपाल केन्द्रिय कृषि संघका अध्यक्ष खेम पठाकले बाँके  देश भर बाट उत्कृष्ट जिल्ला रहेको औल्याए ।  उनले  नेपालमा हाल यस खालका सहकारीका माध्यमबाट  सिल्क राइस मिलको  संख्या  ८  पुगेको बताउदै एभरेष्ट सहकारीलाई धन्यवाद दिए ।

पाठकले सहकारी बाट दुध उद्योग, चिया उद्योग, दाना उद्योग लगाएत उत्पादन भइरहेको बताउदै यसको बजारीकरण समेत सहकारीले गरी रहेको जानकारी
गराए ।  उनले विचौलिया र व्यपारीहरुले सहकारी लाई राम्रो नजर बाट हेर्न नसक्ने बताउदै दलाली  सोच बाट मुक्त  हुन  आम व्यापारी लाई आग्रह गरे ।

पाठकले मध्य र सुदुरपश्चिको सम्भावनाहरुको केन्द्र एभरेष्ट सहकारी बनाउन अझै सघर्ष र  क्रियाशिल हुन आग्रह समेत गरे । उनले सहकारी ऐन मार्फत एक व्यक्त एक सहकारी सदस्य हुन पाउने प्रावधान लागु भएको बताउदै  ६ हजार झोले सहकारी र दलाल व्यापारीहरुको अनुमती पत्र खारेज गर्न सरकारलाई आग्रह  समेत गरेको बताए ।

तीनै तहका सरकारले विशेष नीति र बजेट ल्याउनु पर्ने  राष्टिय सहकारी बैक संचालक समिति  विजया धितालः यसै गरी राष्टिय सहकारी बैक संचालक समिति सदस्य विजया धितालले आम कृषि पेशामा आवद्ध नागरिकहरुको आर्थिक तथा सामाजिक विकासमा सहकारीले खेल्ने भूमिकामा स्थानीय प्रदेश र संघ तीनै तहका सरकारले विशेष नीति र बजेट ल्याउनु पर्ने  धारणा राखिन् ।

सहकारको नीति लाई अनुशरण गर्न बाध्य हुने बतावारण बनाउ सहकारी क्रियाशिल्ता आवश्यक प्रेम सुवेदीः कार्यक्रममा जिल्ला सहकारी संघका बाँके तथा लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम सुवेदीले सहकारी नीति कार्यान्वयमा आएको बताउदै अब झोले सहकारी र दलाली  व्यपारी सहकारको नीति लाई अनुशरण गर्न बाध्य हुने बतावारण बनाउ सहकारी क्रियाशिल्ता आवश्यक रहेको बताए ।उनले कृषका उद्पादन बजारीकरण गर्न एभरेष्ट सहकारी तयार भएकोमा आफु हर्षिद भएको बताए ।

प्रत्येक स्थानीय तहका सरकारी डिपो संचालन ल्याउन आवश्यक नेकपा बैजनाथ अध्यक्ष चन्द्र थारुः कार्यक्रममा नेकपा बैजनाथ अध्यक्ष चन्द्र थारुले सरकारले प्रत्येक स्थानीय तहका सरकारी डिपो संचालन ल्याउन आवश्यक रहेको औल्याए । चौधरीले विचौलियाले उचित मुल्य दिन नसकेको बताउदै सरकारले यस्ता विचौलिया व्यापारीहरुलाई दण्डको व्यवास्था कडा रुपमा कायान्वय गर्न अपिल गरे । यसै गरी नेपाली काग्रेस गगन बहादुर खत्रीले उत्पादनमा स्थानीय सरकार विशेष लगानी गर्नु पर्ने धारणा राखेको थिए ।

अझै थप क्रियाशिल र नविन कार्यहरु संचालन गर्ने उदेश्य रहेको अध्यक्ष देव बहादुर केसीः कार्यक्रममा एभरेष्ट कृषि सहकारी संस्थाका अध्यक्ष देव बहादुर केसीले कृषलाई सरकारले तोकेको मुल्यमा नै धान खरिद गरिएको कार्यक्रममा भने उनले हाल सम्म ५ लाख ४६ हजार ८सय ३९ के.जी जम्मा रकम १ करोड २५ लाख ५७ हजार ६ सय ८७ रुपैयाको धान खरिद गरिएको जानकारी समेत गराए । उनले राज्यको नीति भित्र रहेर सहकारीले आफ्ना गतिविधिहरु संचालन गर्दै आइरहेको बताउदै भविष्यमा थप उद्योग तथा आम कृषकहरुलाई नाफामा लैजान नेपाल सरकारको सहयोग आवश्यक रहेको बताए । उनले सबैको सहयोगले नै एभरेष्ट कृषि सहकारी संस्थाका यहा सम्म आउको स्मरण गर्दै अझै थप क्रियाशिल र नविन कार्यहरु संचालन गर्ने उदेश्य रहेको बताए ।

प्रत्येक्ष र अप्रत्यक्ष १ सय जनाले रोजगारी प्राप्त गरेका छन्  कार्यकारी प्रमुख माधव रिजालः एभरेष्ट कृषि सहकारी संस्था लि ले ४० प्रतिशत अनुदान ६० प्रतिशत सहकारीको लगानीमा कूल २ करोड २२ लाखको लगानीमा उक्त सिल्क राइस मिल संचालनमा ल्याएको हो । सहकारीले कुल लगानीमा हाल सम्म मिलको भवनमा ५६ लाख मेसिन जडान ७० लाख विजुली लाईन ५ लाख ट्क संख्या  १ २८ लाख हाल सम्म खर्च गरिएको एभरेष्ट कृषि सहकारी संस्थाका कार्यकारी निर्देशक माधव रिजाले जानकारी गराए । रिजालले हाल सम्म नेपाल सरकार सहकारी विभाग संग ५७ लाख पेश्की लिएको समेत जानकारी गराए । हाल सम्म प्रत्येक्ष र अप्रत्यक्ष १ सय जनाले रोजगारी प्राप्त गरेका छन् रिजालले  भने   । हाल एभरेष्ट कृषि सहकारी मा ९ सय २५ जना शेर सदस्य रहेका छन् ।  कार्यक्रमा बैजनाथ उपाध्यक्ष शारदा रेग्मी विक सहकारी अभियान्ता राजनितिक दल समाजसेवि शेर सदस्य पत्रकार लगाएको सहभागिता रहेको थियो ।

सिल्की मिल उद्घाटन विशेष तस्विरहरुः 

  • ७ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech