१४ बैशाख २०८१, शुक्रबार

बाँकेमा एक कोरोना संक्रमितको मृत्यु

बाँकेमा मात्रै ३० जनाको मृत्यु भइसकेको छ ।

  • न्युज मानसराेवर

बैजनाथ बाँके।बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । उपमहानगरपालिका–१ धम्बोझीका ५० वर्षीय पुरुषको शुक्रबार राति साढे १० वजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

असोज ६ गते गरीएको पीसीआर जाँचमा उनलाइ कोरोना पोजिटिभ देखिएको थियो । असोज २७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।भेरी अस्पतालमा उपचार गराइरहेका उनको श्वासप्रश्वासमा समस्या भएको थियो ।

योसँगै बाँकेमा मात्रै ३० जनाको मृत्यु भइसकेको छ । बाहिर जिल्लाबाट उपचारका लागि नेपालगन्ज ल्याइएका १५ जनाको ज्यान गइसकेको छ ।

  • ८ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech