८ बैशाख २०८१, शनिबार

आईपीएल : हैदरावादले कायम राख्यो आफ्नो सम्भावना
  • न्युज मानसराेवर

दुबई — इन्डियन प्रिमियर लिगमा सनराइज हैदरावादले मंगलबार दिल्ली क्यापिटल्सलाई ८८ रनले हराएर आफ्नो सम्भावना कायम राखेको छ ।

हैदरावादको १० अंक भएको छ र उसको ‘प्ले अफ’ मा छनोट हुने सम्भावना कायम रह्यो ।

दिल्लीको सामना गर्दा हैदरावादसामु जित बाहेक अर्को विकल्प थिएन र टिमले त्यसै अनुसार खेलेको थियो । पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा दुई विकेट गुमाएर २ सय १९ रन बनाएको थियो ।

कप्तान डेविड वार्नर र रिद्दीमान शाहले दिल्लीलाई आक्रमक र मबजुत सुरुआत दिलाए । वार्नरले ६६ रन बनाए भने शाहले सर्वाधिक ८७ रनको योगदान दिए ।

जवाफमा दिल्लीले १९ ओभरमा सबै विकेट गुमाउन अगाडि १ सय ३१ रन मात्र बनाउन सक्यो । उसका लागि कसैले पनि ब्याटबाट गतिलो योगदान दिन सकेनन् । दिल्ली १४ रनसहित तेस्रो स्थानमा रहेको छ ।

  • १२ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech