७ बैशाख २०८१, शुक्रबार

रुसी राष्ट्रपति पुटिन हुन् मोटरसाइकल सौकिन, हेर्नुहोस् उनको बाइकका बिशेषता
  • न्युज मानसराेवर

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मोटरसाइकलका सौखिन हुन् । उनी बेला बेलामा मोटरसाइकल चढेको तस्वीर सार्वजनिक गरिरहन्छन् । यसपटक उनले मोटरबाइक चढेको तस्वीर सार्वजनिक भयो ।

उनको यो मोटरसाइकल बिजुलीबाट चार्ज भएर चल्ने मोटरसाइकल भएके बताइन्छ । यो बाइक २ सय ४० किलोमिटर प्रति घन्टा कुद्न सक्छ । डाइस्टोपाइन कालानिष्कोभ नामको यो मोटरसाइकलका शिसा पनि एडजष्ट गर्न मिल्छ । यसको मुल्य झण्डै २० लाखबाट सुरु हुने बताइएको छ ।

पुटिन केही समय अघि मोटरसाइकल शोमा सहभागी भएका थिए । नाइट वुल्भ्स नामको बाइकर समूहको १० औं वार्षिकोत्वसको शो क्रिमियामा भएको थियो । यो बाइक स्टार्ट भएको ३५ सेकेण्डभित्र ६० किमीको गति समात्न सक्छ ।

शोमा पुटिन आफैले मोटरसाइकल चलाएका थिए । समूहका प्रमुख अलेक्जेन्डर जाल्डोस्टानोभ पुटिनको पछाडि बसेका थिए । उनले वुल्भ्स समूहलाई बधाई दिए । क्रिमियामा पुटिनको बाइक शोलाई अर्थपूर्ण मानिएको छ ।

क्रिमियामाथि रुसले आधिपत्य जमाएपछि युक्रेनसँग विवाद बढेको छ ।

  • १३ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech