७ बैशाख २०८१, शुक्रबार

दशैं खर्च जुटाउन गएका प्रकाशको भारतमै हत्या गरेको आशंका
  • न्युज मानसराेवर

बाँके बैजनाथ/ बैजनाथ ३ का २२ बर्षिया प्रकाश कामी दशैं खर्च जुटाउनका लागि कामका लागि भारत तर्फ लागे । बर्दिया बासगडी नगरपालिका बबैका मेठ पुर्ण बहादुर बिकले एक चाईनिज कम्पनीमा काम दिलाईदिने भन्दै भारतको र्धाचुला पुर्याएका थिए ।

डेढ महिना अघि भारतको र्धाचुला पुगेका उनले दशैको सप्तीमी अर्थात कार्तिक ७ गते फोन गरेर १३ गते घर आई पुग्ने बताएका थिए । छिमेकीसंग सर सापट गरेर दशै मनाउन र आफु आएपछि तिर्ने भनेका प्रकाशको शव घर आई पुगेको छ ।

प्रकाशकी आमा लालसरी कामीले दशैको भेलीपल्ट मेठ पुर्ण बहादुरले प्रकाशकी श्रीमती पार्बति बिकलाई फोन गरेर दशैको दिन प्रकाश र उनी संगै काम गर्न गएका उनका साल नता पर्ने अनिल बि.क. घुम्न गएको र सोधी खोजि गर्दा अर्को दिन शव फेला परेको फोन मार्फत जानकारी गराएका थिए ।
डेढ महिना अघि दशै खर्च जुटाउन कामका लागि गएका प्रकाशको १ बर्षको छोरो र श्रीमती छन ।

प्रकाससंगै उनका भाई समेत काम गर्न गएको र उनि अर्को कम्पनीमा काम गर्ने गरेको आमा लालसरीले बताईन । उनले दशै खर्च लिएर आउछु भनेर फोन गरेको छोरोको मृत शरिर देखेर भक्कानिदै छोरोको हत्या भएको दाबि गरीन ।

संगै कामका लागी गएकाहरुले हत्या गरेर खोल्सामा फालेको हुन सक्ने उनले दाबी गरिन् । प्रकास र उनका भाईसंगै बर्दिया बबैका थप १० युवा सँगै कामका लागि सो स्थानमा गएका थिए । चिनिया कम्पनीमा काम लगाईदिने भनिएपनि पहाडी क्षेत्रमा बाटो निर्माणका काम भएकाले आफु दशै लगत्तै घर फकने भन्दै फोन गरेको प्रकाशकी श्रीमती पार्वती बिकले बताईन । केही समय अघि बुवा बितेपछि आभिभावक जस्तै बनेका आफ्नो छोराको हत्यामा संम्लग्नलाई कारवाहीका लागी सघाउ पुर्याईदिन उनले सबैसंग अग्रह समेत गरेकी छन ।
घटना के थियो
संगै कामका गएका एक स्थानियले बताए अनुसार मृतक प्रकाश र उनको साला नता पर्ने अनिल दशैको दिन पारेर नजिकैको बजार घुम्न भएका थिए । काम गर्ने ठाउ पहाड र जंगली क्षेत्र भएकाले दशैका दिन बिदा लिएर नजिकैको बजार घुम्न निस्केको भएपनि साँझ अनिल मात्रै घर डेरामा फर्केका थिए ।
प्रकाश डेरामा नफर्के पछि सोधी खोजि गर्दा डेरा नजिकैको खोल्सोमा उनको शव फेला परेको उनको भनाई छ ।
शव फेला परेपछि प्रकाशलाई काममा लैजाने मेठ पुर्ण बहादुरले प्रकाशको मृत्यु भएको भन्दै घर परिवारलाई जानकारी गराएका थिए । मेठ पुर्ण बहादुरले नै भारतमै पोष्ट मार्टम लगाएका प्रक्रिया गरेर शव घर पुर्याईदिएको स्थानियको भनाई छ ।
क्रिया खर्च,क्षतिपुर्ती र दोशीलाई कारवाहीको माग
मृतक प्रकाशकी आमा लालसरा कामीले दोशीलाई कार्यवाही र क्षतिपुर्ती नपाए शब नबुझ्ने बताएका छन । ठेकेदार कम्पनीले शव घर सम्म लाईदिएपनि आफुहरुले दोशीको पहिचान र कार्यवाही नहुदा सम्म शव नबुझ्ने बताएकी हुन । उनले आफुहरुको भरणपोशण गर्ने छोरो गुमाएकाले क्षतिपुर्ति समेत पाउनु पर्ने माग गरिन् ।

  • १३ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech