११ बैशाख २०८१, मंगलवार

प्रकाशको शव अत्यष्टि

कोहलपुर इलाका प्रहरी प्रमुख  डिएसपी कुल दिप चन्द्रले मृत्यु भारतमा भएका कारण केही पनि अनुसन्धान गर्ने बाटो नरहेको बताए ।

  • सिता जैसी

बाँके बैजनाथ \ बैजनाथ ३ का २२ बर्षिया प्रकाश कामीको शवको अत्यष्टि स्थानीय जेठी नालाको जगलमा गरिएको छ । दशै खर्चको जोह गर्ने उदेश्यले भारत गएका प्रकाशको शव मेठ पुर्ण बहादुर बिकले नेपाल फिर्ता ल्याएका थिए ।


डेढ महिना अघि भारतको र्धाचुला पुगेका प्रकाश दशैको सप्तीमी अर्थात कार्तिक ७ गते फोन गरेर १३ गते घर आई पुग्ने घरका सदस्यहरुलाई जानकारी गराएका  प्रकाशले छिमेकीसंग सर सापट गरेर दशै मनाउन र आफु आएपछि तिर्ने आमा लालसरी कामीलाई भनेका प्रकाशको शव घर आए पछि सबै रोदनमा छन् ।

मेठ पुर्ण बहादुर बिकलाई स्थानीयले कुट पिट गर्न खोज्दा  बिकलाई क्षेति हुने देखे पछि  प्रहरीको  सुरक्षा रहेका छन् ।   कोहलपुर इलाका प्रहरी प्रमुख  डिएसपी कुल दिप चन्द्रले मृत्यु भारतमा भएका कारण केही पनि अनुसन्धान गर्ने बाटो नरहेको बताए । उनले हत्या हो भन्ने पनि भारतको प्रहरील अनुसन्धान गर्ने हो हाम्रो केही लाग्दैन उनले टेलिफोनमा  भने ।

  • १४ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech