८ बैशाख २०८१, शनिबार

बैजनाथ पशु शाखाले गर्न थाल्यो पशु बिमा

वडा न १ देखी ८ वडा सम्म पशु विमाका लागि नगद ५ लाख विनियोजन गरी स्थानीय कृषहरुका भैसी गाइ गोरु बाखा्र लगाएत पशुहरुको विमा गर्ने उदेश्य लिएको पशु सेवा कार्यालयका प्रमुख खड्क बहादुर सिह

  • चादनी थापा

बाँके बैजनाथ । बैजनाथ गाउँपालिका पशु शाखाले पशु बिमा लाई तिब्रता दिएको छ ।

शाखाले वडा न १ देखी ८ वडा सम्म पशु विमाका लागि नगद ५ लाख विनियोजन गरी स्थानीय कृषहरुका भैसी गाइ गोरु बाखा्र लगाएत पशुहरुको विमा गर्ने उदेश्य लिएको पशु सेवा कार्यालयका प्रमुख खड्क बहादुर सिहले बताए ।

सिहले ७५ प्रतिशत केन्द्रिय अनुदान तथा २५ प्रतिशतमा पनि बैजनाथ गाउँपालिका कार्यालयको ५० प्रतिशत अनुदानमा उक्त बिमा कार्यक्रम संचालन गरिएको भने । हाल सम्म ४० चालिस कृषहरुले भैसी बिमा शुल्क बुझाई विमा गरेको पशु प्राविधिक हिरा सिह वलीले जानकारी गराए ।

विमा कार्यक्रमलाई थप प्रभावकारी रुपमा लैजाने बैजनाथ कृषि शाखाको उदेश्य रहेको उनले भने । आगामी वर्षमा बिमा गरेका कृषकहरुलाई पशु सुत्केरी भत्ता समेत उपलब्ध गराउने लक्ष्य बैजनाथ पशु शाखाले लिएको छ प्रमुख खड्क बहादुर सिहले जानकारी गराए ।

बिमा अवधि थप १५ दिन सम्म वडा कार्यालयको समन्वयमा संचालन गरिने सिहले जानकारी गराए ।

बिमा गरेका १ बर्ष भित्र पशुको मृत्यु भएको अवस्थामा पशु खरिदको कुल मुल्यमा ९० प्रतिशत विमा कम्पनीले व्यहोने छ पशु सेवा प्रमुख सिहले भने । कषहरुलाई न्यूनतम मुल्य औषध ६ सय रुपैया सम्म बार्षिक जोखिम विमा रकम पर्ने उनले जानकारी गराए ।

वडा न १ का अध्यक्ष रुप बहादुर मल्लले बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्यम वडा प्रतिनिधिहरु कृषहरुको घरमा पुग्नु भएको छ तर मानिहरुको सोच परिवतन नभएका कारण समस्या देखा परेको छ तर क्रमिक रुपमा बिमा कार्यक्रम प्रभावकारी हुने छ हामी सबैले कृषहरुलाई संझाउन सक्नु पर्छ उनले भने ।

  • १४ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech