१५ चैत्र २०८०, बिहीबार

२४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि

२ हजार २६४ जना कोरोनामुक्त

  • न्युज मानसराेवर

काठमाडौँ — पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा २ हजार २६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको १ लाख ३१ हजार २२२ संख्या पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ५८४ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ४३ हजार ३४३ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ९ हजार २७९ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ४१० जना रहेका छन् । कान्तिपुर

  • १५ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech