१२ श्रावण २०८१, शनिबार

धान खरिदमा एक अर्ब ७९ करोड ३१ लाख बजेट
  • न्युज मानसराेवर

बाँके बैजनाथ \ खाद्य संस्थानले सरकारद्वारा निर्धारित न्यूनतम समर्थन मूल्यमा नै धान खरिद कार्य शुरु गरेको छ । गत असारमा सरकारले तोकेको न्यूनतम् मूल्यअनुसार मोटा धान प्रतिक्वीन्टल २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम धान २ हजार ८ सय ८५ रुपैयाँमै खरिद गरिएको कम्पनीले बताएको छ ।

कम्पनीले मोटा धान बर्दिया, बाँके, पर्साबाट खरिद गर्नेछ । मध्यम खालका धान सिरहा, कैलाली, कञ्चनपुर, रुपन्देही र दाङबाट खरिद गर्ने भएको छ ।चालु आर्थिक वर्षका लागि धान खरिद गर्न एक अर्ब ७९ करोड ३१ लाख ५५ हजार रुपैयाँ बजेट छुट्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस वर्ष लोकल मोटा धानसहित मध्यम र मसिना गरी ६० हजार मेट्रिक टन धान खरिद गर्न लागेको हो ।

सरकारले गत असारमै धानको समर्थन मूल्य तोेकेको थियो । सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार ७ सय ३५ रुपैयाँ र मध्यम धानको मूल्य दुई हजार ८ सय ८५ रुपैयाँ तोकेको थियो । आर्थिक वर्ष २०७६÷७७ को तुलनामा यस वर्ष धानको मूल्य प्रतिक्विन्टल दुई सय रुपैयाँले बढी तोकिएको हो ।

किसानको लागतका आधारमा उत्पादनको उचित मूल्य प्राप्त गर्ने गरी कृषि उपजको बजारीकरणको प्रबन्ध गरिने सरकारी नीति अनुरुप नै यस वर्ष बाली लगाउनुअघि नै मूल्य तोकिएको कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसी बताउँछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नयाँ धान खरिद गर्न थालेको छ । आपूर्ति मन्त्रालय अन्तर्गतको खाद्य कम्पनीले विगतका वर्षमा जस्तै यस वर्ष पनि स्वदेशी धान खरिद प्रक्रिया अघि बढाएको हो । कम्पनीले यस वर्ष ६० हजार मेट्रिक टन स्वदेशी धान खरिद गर्ने योजना बनाएको छ ।

तोकिएको समर्थन मूल्य अनुरुप धान उत्पादन हुने चार जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट यस वर्ष अधिकतम ६० हजार मेट्रिक टन धान खरिद गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका महानिर्देशक नेत्रप्रसाद सुवेदी जानकारी दिए । ई-सेतोखरी

  • १६ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech