१२ बैशाख २०८१, बुधबार

एसपी ओम रानाले खटाएका घुमुवाको आतंक

घुमुवाको उद्धारकोलागि पुगे इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख चन्द

  • न्युज मानसराेवर

बाँके बैजनाथ \ देश कोरोना माहाकारीका कारण सिथिल भएको छ । त्यसमा पनि नेपालीहरुका सबै भन्दा ठुला चाडवाडहरुको समय । यति बेला प्रहरी शान्ति सुरक्षाका साथ साथै कोरोना संक्रमित खोज्ने ब्यक्तिहरुको खोज तलासमा जुटेको अबस्था हो । यति बेला चाडवाडको समय भएको हुदा समाजमा बिभिन्न अपराधिक क्रियाकलापहरुपनि हुने गरेका छन । जसकालागि प्रहरीनै खटिदै आएको छ ।

यस्तो संक्रमणकालिन अबस्थामा पनि समाजमा नकारात्मक काम गर्ने ब्यक्तिहरुको कमि भने भएको देखिदैन । जसको नियन्त्रण र निगरानिका लागि चौबिसै घण्टा घर परिवार नभनी प्रहरीहरु खटिदै आएको छ । जति गौरबशाली प्रहरी संगठन रहेको छ त्यस भित्र रहेका केहि ब्यक्तिका कारण प्रहरी संगठनमा बेला बेलामा धब्बा लाग्ने गरेको नेपालमा प्रशस्तै उदाहरणहरु रहेका छन । बाँकेमा केहि दिन पहिला यस्तै घटना भएको छ ।

जसका कारण बाँके प्रहरीको नेतृत्वलाईनै प्रश्न चिन्ह खडा गरि दिएको छ । के हो घटनाक्रम जिल्ला प्रहरी कार्यालयबाट चाडवाड लक्षित भनेर बजारमा तैनाथ गरिएका केहि प्रहरी जवानहरुले कार्तिक १४ गते बसपार्क नजिकै रहेको अमृत गिरीको घरमा जुवा भइरहेको सूचनाको आधारमा एसपी रानाको निर्देशनमा शुक्रबार राती करिब साढे एक बजे त्यहाँ पुगेका थिए । जिल्लाबाट खटिएको सादा पोशाकको टोलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले सहयोग गरेको थियो ।

ढोका खोल्ने वित्तिकै घरभित्र पसेका सादा पोशाकका प्रहरीले सूचना पाएजस्तो कुनै कुराहरु भने पाएनन् । सूचना अनुसारको काम नभएपछि फर्किनुपर्ने उनीहरुले घरमा रहेका मानिसहरुसँग विवाद गर्न थाले । एसपी रानाले सादा पोशाकमा खटाएका प्रहरी जवान भिम बहादुर डाँगी र अर्जुन मगर  त्यहाँ पुगेका थिए । बबाल मच्चाउन थालेपछि सुरक्षाको लागि उनीहरुलाई घरबेटीले घरभित्रै थुनेका हुन् ।

प्रहरी उपरिक्षक ओम बहादुर रानाको निर्देशनमा २५ जना शादा पोसाकका प्रहरी जिल्लाभर छाडिएको थियो । एसपि कै निर्देशनमा संचालिन सादा पोसाकका प्रहरीहरुले बाँकेमा केहि दिन अघि मात्र ठुलो रकम सहित १० जना जुवाडेहरुलाइ २९ लाख रकम सहित पक्राउ गरेको थियो ।

प्रहरीले यति ठुलो रकम सहति पक्राउ परेका जुवाडेहरुसंगै जिल्लामा हुने बिभिन्न ठाउँका जुवा खालबाट पनि अन्य ब्यक्तिहरुलाई पक्राउ गर्ने लक्ष्यका साथ काम गरिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालयका प्रमुख ओम बहादुर रानाले खटाएका जवानहरु कोहलपुर नगरपालिका ११ स्थित अमृत गिरीको घरमा करिब ४ घण्टा थुनेका हुन् । जसका कारण समग्र जिल्ला बासीहरुले प्रहरीको कमाण्ड सम्माल्हेका प्रहरी उपरिक्षक रानालाइ प्रश्न गरिरहेका छन । सुराकका आधारमा भन्दै  राति करिब साढे एक बजे   प्रबेश गरेपछि उनीहरुले नियन्त्रणमा लिएका थिए । त्यस पश्चात उनीहरुले आफुहरु जुवा भैरहेको सुचनाको आधारमा आएको र आफुहरु प्रहरी रहेको बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओम बहादुर रानाले भने सुचना संकलन गर्नकालागि गएको प्रहरी कुनै सुराकका आधारममा गएको तर पछि बुझाईमा फरक परेको हुदा प्रहरी त्याहाबाट आएको बताए । यदि यस बिषयमा प्रहरीका जवानहरु गलत भएको खण्डमा कारबाही गर्ने प्रतिबद्धता समेत बताए ।
ब्यक्तिगत घरमा किन घुस्यो प्रहरी चोर जस्तै गरि बिना बद्री रु दुई जना घुमुवाको कहाबाट आयो यति धेरै आट ब्यक्तिगत घरमा खानतलासी गर्ने रु किन स्थानिय प्रहरीसंग गरिएन समन्वय रु
प्रहरीले कसैको घरमा जर्बजस्ती खानतलासि गर्न पाउदैन र गर्ने पर्ने भएमा कानुनी प्रक्रिया पुुरा गर्नु पर्दछ । तर बाँके प्रहरीका प्र्रमुख रानाको इसारामा निर्दोष जवानहरुले सुराकीकानामा ब्यक्तिको घरमा मध्यरातमा घरमा गई खानतलासी गर्दा घरमा रहेका ब्यक्तिहरुले उनीहरुलाई घरमा नै केहि घण्टा थुनेर राखेका थिए । त्यति भइसक्दा त्याहा रहेका प्रहरी जवान भिम बहादुर डि।सी र अर्जुन मगरले एसपि रानालाई खबर गरे पछि एसपि रानाले इलाका प्रहरी कार्यालयको संचारलाई थप सुरक्षाकर्मी पठाउन आदेश दिए ।

मोवाइल टोलीले पनि घटनालाई साम्य बनाउन नसकेपछि रानाले इलाका प्रहरी कार्यालयका प्रमुख लाई खबर गरी सो घरमा रहेका प्रहरी जवानलाई जसरी पनि छुटाउन निर्देशन दिए पछि उनीहरु लाई बिहान करिब ४ बजे तिर प्रहरीको जिम्मामा लगाईएको थियो ।

यति धेरै घटना भई सक्दा पनि इलाका प्रहरी कार्यालयलाई कुनै पनि जानकारी भएको थिएन । घटना नियन्त्रण बाहिर र उज्यालो हुने समय भएपछि मात्र इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुखलाई खबर गरिएको थियो । घर भित्र रहेका प्रहरी जवानलाई जसरी पनि निकाली जिल्ला पठाउन निर्देशन गरिएको थियो ।

यसरी प्रहरीले शंकाका भरमा ब्यक्तिका घरमा मध्यरातमा जर्बजस्ती प्रबेश गरि खानतलासी गर्दा स्थानियहरु प्रहरीको रबैया प्रति सशंकित भएका छन । र उनीहरु प्रहरीले आगामी दिनहरुमा आफुहरुलाई सहजै फसाउने हुन की भन्ने त्रास उत्पन्न भएको बताएका छन ।

यो घटनाले बाँकेको प्रहरी प्रशासन शक्ति केन्द्रको रुपमा स्थापित हुन खोजेको र अन्य सबै मातहतका निकायहरुलाई निष्क्रिय बनाउन खोजेको प्रष्ट देखिएको छ । मातहतमा काम गर्ने अन्य अधिकृतहरु पनि उच्च मनोबलका साथ काम गर्न सकि रहेका छैनन । बाँके प्रहरीले लकडाउनको समयमा करिब ३ सय फरार अपराधीलाई पक्राउ गरेको भएता पनि पछिल्लो समय स साना कुरामा पत्रकार सम्मेल गर्दै आफ्नो लोकप्रियता कामाउने नाममा सामाजिक संजाल रंगाउने काम गरेको केहि प्रहरी अधिकृतहरु कै भनाई रहेको छ । प्रहरीको काम सामाजिक संजाल रंगाउने नभई बास्तबिक अन्यायमा परेका जनतालाई न्याय दिलाउनुका साथै अपराधीलाई कारबाही गर्नु रहेको छ । बिरालोले मुसा मर्ने काम ठुलो नभए जस्तै प्रहरीले अपराधी समाउनु र समाजमा शान्ति सुरक्षा कायम गर्नु कुनै ठुलो काम नभइ निमित काम हो । साभार

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech