१३ बैशाख २०८१, बिहीबार

भेरीको परीक्षणमा ५३ जनामा कोरोना पुष्टि

विवरणअनुसार बिभिन्न जिल्लाका ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ \ नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा थप ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले सोमवार दिउँसो जारी गरेको विवरणअनुसार बिभिन्न जिल्लाका ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका अनुसार थपिएका मध्ये सबैभन्दा बढि २८ जना बाँकेका रहेका छन् भने २० जना बर्दियाका छन् । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा २ सय १५ जनाको परीक्षण गर्दा बाँके, बर्दिया, दाङ, महोत्तरी, अछाम, रुकुम र डोल्पाका ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म भेरी अस्पतालले ५६ हजार ५ सय १४ जनाको नमुना परीक्षण गरेको छ भने ३ हजार ६ सय ५४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको जनाएको छ ।

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech