८ बैशाख २०८१, शनिबार

कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष अधिकारी दुर्घटनामा परी गम्भीर घाइते

उनको स्वास्थ्य लाभको कामना विभिन्न संघ सगठन तथा समाजसेवि राजनितिज्ञ पत्रकार व्यपारी लगाएत सामाजिक सञ्जालमा कामना गरेका छन् ।

  • आर के छिनाल

बाँके बैजनाथ \सडक दुर्घटनामा परि कोहोलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी घाईते भएका छन् ।

वगनाशकाली गाउँपालिका–३, बेलउतीडाँडा पाल्पामा आज भएको कार दुर्घटनामा परि अधिकारी लगायत रोल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष किशोर आचार्य घाईते भएका हुन् ।

रोल्पाबाट पोखरातर्फ गईरहेको बा १८ च ४३४१ नम्बरको कार दुर्घटना हुँदा अधिकारी र आचार्यको घाईते भएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव प्रचारप्रसारमा हिँडेका अधिकारी र आचार्य घाईते भई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि लगिएको बताईएको छ ।

गुल्मीको तम्घासबाट फर्केर उनीहरु तानसेनबाट पोखरा जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।  उनीहरु दुवै जना नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने क्रममा रहेको बुझिएको छ । कार सडकबाट १५० मिटर तल खसेको थियो । यसै गरी उनको स्वास्थ्य लाभको कामना विभिन्न संघ सगठन तथा समाजसेवि राजनितिज्ञ पत्रकार व्यपारी लगाएत सामाजिक सञ्जालमा कामना गरेका छन् ।  अधिकारीले कोहलपुरमा सामाजिक तथा शिक्षा क्षेत्रको विकासमा विशेष योग्दान रहेको छ ।

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech