८ बैशाख २०८१, शनिबार

बाँके प्रहरीद्धारा विभिन्न अपराधिक गतिविधिमा संलग्न १२ जना सार्वजनिक
  • न्युज मानसराेवर

बाँके बैजनाथ \ बाँके प्रहरीले मंगलबार विभिन्न अपराधिक क्रियाकलापमा संलग्न ब्यक्तिहरुलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रहरीले पछिल्लो तिन दिनयता पक्राउ परेका ब्यक्तिहरुलाई सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले रेड पाण्डाको छाला, अवैध ठगी धन्दा तथा अबैध लागुपदार्थ कारोबारमा संलग्न ब्यक्ति तथा तिनिहरुको साथबाट बरामद गरीएका अबैध सामग्रीको विवरण सार्वजनिक गरेका थिए ।

बाँके प्रहरीले नागमणी भनी ठगी गर्ने गीरोहलाई समातेको दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर रानाले नागमणी उपलब्ध गराउने भनी ठगी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको जानकारी दिए ।

दाङको घोराही नरगपालिका १७ का माधव अधिकारीलाई नागमणी उपलब्ध गराउने भनी उनिबाट १ करोढ ८९ लाख ५० हजार अशुल गर्ने दैलेख नौमुलेका ३५ वर्षिय धनबहादुर रोका, सल्यान कुमाखका ३१ वर्षिय कृष्ण शाह र सल्यान शारदा नगरपालिकाका ३० वर्षिय डिल्ली बहादुर बोहोरालाई पक्राउ गरीएको रानाले जानकारी दिए । उनिहरुलाई गत शनिबार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ बाट नगद रु. ५० हजार सहित नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडी बढाईएको रानाले बताए ।

प्रहरीले आईतबार बाँके र दाङको सिमाना शिवखोलाबाट ३ किलो लागु औषध अफिम बरामद गरेको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र लागु औषध नियन्त्रण ब्युरो नेपालगन्जको संयुक्त टोलीले ३ किलो लागुऔषध अफिम सहित पक्राउ गरेका ब्यक्तिलाई मंगलबार सार्वजनिक गरीएको हो ।

शनिबार दिउँसो ३ बजेको समयमा विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बाँके राप्तिसोनारी गाँउपालिका १ शिवखोला स्थित संकास्पद रुपमा बसिरहेको ब्यक्तिबाट उक्त परिमाणमा लागु औषध बरामद गरेको एसपी रानाले जानकारी दिए ।

रुकुम सानिभेरी गाँउपालिका ८ बस्ने २७ वर्षिय चन्द्र प्रकाश वलीलाई चेकजाँच गर्दा उनले बोकेको कालो खैरो रंगको झोलामा अफिम भेटिएपछि निजलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरीएको रानाले बताए । पक्राउ परेको वलीलाई थप अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।

पत्रकार सम्मेलनमा मंगलबार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेका ब्यक्तिहरुलाई समेत सार्वजनिक गरीएको थियो । सोमबार दिउँसो पौने १ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका १३ मा रहेको किसान ईट्टाभट्टा नजिकबाट २२ ग्राम ब्राउन सुगर सहित नेपाली तथा भारतीय ४ युवालाई पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव निरिक्षक बम बहादुर रावल र लागु औषध नियन्त्रण ब्युरो नेपालगंजका प्रहरी नायव निरिक्षक प्रेम बहादुर अधिकारीको नेतृत्वमा खटिएको संयुक्त टोलीले बिशेष सुराकीको आधारमा खानतलासी गर्दा उनिहरुको साथबाट ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको बहराईज रुपैडिहा थाना बस्ने वर्ष १८ को जुगिन्दर सोनी, सोही ठाँउ बस्ने वर्ष २९ को राकेश सोनी, बाँकेको खजुरा गाँउपालिका १ बस्ने वर्ष १९ को विष्णु थापा क्षेत्री र नेपालगंज उपमहानगरपालिका २ घरबारी बस्ने वर्ष २५ को सागर थापा रहेका छन । प्रहरीले सोनीको साथबाट २० पुरिया (२० ग्राम) ब्राउन सुगर र क्षेत्री तथा थापाको साथबाट २ पुरिया (२ग्राम) ब्राउन सुगर बरामद गरेको जनाएको छ ।

  • १८ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech