१४ बैशाख २०८१, शुक्रबार

नेपाल कोरोना अपडेट : आज सक्रिय सङ्क्रमित करिब ३७ हजार
  • न्युज मानसराेवर

नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या ३६,९११ रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार आज ६,७८० जना संस्थागत आइसोलेसनमा तथा ३०,१३१ जना होम आइसोलेसनमा रहेका छन्। साथै  आज देशभर ३,८४४ जना कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा १ लाख ४४ हजार ९७८ जना कोभिड–१९ को सङ्क्रमणबाट मुक्त भएका छन्। यसरी कूल सङ्क्रमितमध्ये निको हुनेको दर ७९.२६ प्रतिशत रहेको छ।

गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले ३० जनाले ज्यान गुमाएका छन्। यो अहिलेसम्मकै २४ घण्टाभित्रको सर्वाधिक मृतक सङ्ख्या हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा १,०३४ जनाले ज्यान गुमाइसकेका छन्। नेपालमा कूल सङ्क्रमितमध्ये मृत्यु हुनेको दर ०.५७ प्रतिशत रहेको छ।

  • १९ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech