८ बैशाख २०८१, शनिबार

बाँकेका १८ सहित ३७ जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १८ सहित ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालले बुधवार दिउँसो जारी गरेको सूचनाअनुसार बाँकेका १८ सहित ३७ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी बर्दियाका १२ जना, दाङका ३, सुर्खेत, सल्यान, कैलाली र नवलपरासी पश्चिमका एकएक जना रहेको अस्पतालले जनाएको छ । १ सय ६० जनाको पिसिआर विधिद्वारा गरिएको परीक्षणमा ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

  • १९ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech