१५ बैशाख २०८१, शनिबार

बि-ग्रुप बाँकेद्धारा स्वास्थ्य सामग्री सहयोग
  • न्युज मानसराेवर

भेरी वातावरण बिशिस्टता समुह (बि-ग्रुप) ले जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँके र भेरी अस्पताल नेपालगन्जलाई स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको छ । जिल्लामा सन्चालन भैरहेको एल.डि.एस.सि, कोभिड-१९ पुर्ब तयारी र प्रतिकार्य कार्यक्रम अन्तर्गत स्वास्थ्य सामग्री उपलब्ध गराईएको हो । कोभिड-१९ को रोकथाम तथा ब्यवस्थापनकालागि आवश्यक पुर्बतयारी र प्रतिकार्यमा प्रयोग हुने पि.पि.इ., पल्स अक्सिमिटर, सर्जिकल माक्स, ग्लोभ्स, स्यानिटाइजर, एन-९५ माक्स र म्यानुअल स्प्रे मेसिन सहयोग उपलब्ध गराईएको हो । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले उक्त सामान उपलब्ध गराउने बि-ग्रुपप्रति आभार ब्यक्त गरेको छ ।

  • १९ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech