१२ बैशाख २०८१, बुधबार

कोहलपुरमा १३ नम्बर वडामा राहत वितरण
  • न्युज मानसराेवर

कोहलपुर नगरपालिका वडा नम्बर १३ मा राहत बितरण कार्यक्रम सम्पन्न भएको छ । केयर नेपालको सहयोग र बिग्रुपको समन्वयमा कोहलपुर वडा नम्बरका १३ का अति बिपन्न गरिब १ सय घरपरिवारलाई राहत बितरण गरिएको हो । प्रती घरधुरी चामल ३० किलो, दाल ३ किलो, नुन १ किलो, तेल २ लिटर, चिनी २ किलो, र हात धुने साबुन ४ पिस गरि राहत बितरण गरिएको वडा अध्यक्ष ओम प्रकाश ओलीले बताए । यस्तै कोहलपुर नगरपालिका भित्र रहेको १५ वटै वडाका अति बिपन्न गरिब र कोरोना का कारण प्रभावित परिवारलाई राहत बितरण गर्न लागिएको बि ग्रुपका सामाजिक परिचालक देबेन्द्र बिसीले बताए । उक्त कार्यक्रममा वडाका सम्पुर्ण जनप्रतिनिधि, टोल बिकास समितिका अध्यक्ष समेतको उपस्थिति रहेको थियो ।

  • १९ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech