१६ चैत्र २०८०, शुक्रबार

बैजनाथमा किसानलाई गहुँको बिऊ वितरण
  • न्युज मानसराेवर

बाँकेको बैजनाथ गाउँपालिकाले गाउँपालिका भित्रका किसानहरुलाई गहुँको बिऊ वितरण गरेको छ । गाउँपालिकाको कृषि शाखाले आर्थिक वर्ष २०७७÷०७८को कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा १६ हजार सात सय २० केजी बिऊ किसानलाई वितरण गरेको कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले बताएका छन् । साथै उनले बैजनाथ गाउँपालिकाका ८ वटा वडाका १५ सय किसानलाई ३५ रुपैयाँको प्रति केजीका दरले उपलब्ध गराएको बताएका छन् । किसानहरुलाई केहि सहयोग पुगोस् भनि बैजनाथ गाउँपालिकाले गहुँको बिऊ विरण गरेको हो ।

  • १९ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech