८ बैशाख २०८१, शनिबार

पक्की पुल जीर्ण: सवारी साधन अत्यधिक जोखिममा

बाँकेका भित्रि सडकमा निर्माण गरिएका दर्जनबढी पक्की पुलहरू मर्मत सुधारको अभावमा जीर्ण बन्दै गएका छन् ।

  • न्युज मानसराेवर

बाँके \सरकारी उदासिनताका कारण समयमा मर्मत सम्भारतर्फ ध्यान नदिँदा बाँकेका विभिन्न सडकमा सञ्चालन भएका दर्जन बढी पक्की पुल जीर्ण बन्दै गएका छन् । ती पुल जीर्ण बन्दै गएपछि त्यहाँ आवागमन गर्ने सवारी साधन अत्यधिक जोखिममा छन् ।

निर्माणपछि ती पुलको हालसम्म पनि मर्मत सम्भार नहुँदा उनीहरूले अत्यन्तै जोखिम निम्त्याइरहेका छन् । सडक निर्माणको जिम्मा लिएका निर्माण कम्पनी, स्थानीय तह र सडक डिभिजन कार्यालयको उदासिनताका कारण जिल्लामा रहेका दर्जनौं साना तथा मझौला पुल जीर्ण बनेका हुन् ।

महेन्द्र तथा रत्नराजमार्गका साथै बाँकेका भित्रि सडकमा निर्माण गरिएका दर्जनबढी पक्की पुलहरू मर्मत सुधारको अभावमा जीर्ण बन्दै गएका छन् । यसले सवारी आवतजावतमा अत्याधिक जोखिम देखिएको छ । पुल जीर्ण भएकै कारण जुनसुकै बेला पनि सडक दुर्घटना हुनसक्ने जोखिम बढेको छ । निर्माणपछि हालसम्म पनि मर्मत नहुँदा जीर्ण बनेका ती पुल जोखिमपूर्ण पनि भएका छन् ।

सडक निर्माणको जिम्मा लिएका निर्माण कम्पनी, स्थानीय तह र सडक डिभिजन कार्यालयको उदासिनताका कारण दर्जनौँ यस्ता पुल जीर्ण बनिरहेका हुन् । जमुनाह, कोहलपुर हुँदै चिसापनी खडकखण्डमा मात्रै करीब आधा दर्जन पुल जीर्ण भैसकेका छन् भने कोहलपुरदेखि पूर्व शिवखोला र पश्चिम मानखोलासम्मका थुप्रै पुलको अवस्था पनि दयनीय छ ।

चप्परगौडी, रोहिणीखोला, मानखोला, रझेना, बानियाँभार, चिसापानी, गाभरलगायत क्षेत्रका साना पुल जीर्ण भए पनि दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन गुडिरहेका छन् ।

पुलको क्षमताभन्दा बढी भारका सवारी साधनले दैनिक यी पुल प्रयोग गर्ने हुँदा पुलमा क्षति हुनसक्ने जोखिम उत्तिकै देखिएको छ । कोहलपुर जमुनाह सडकखण्डका साना पुल ९कल्भर्ड० पनि उत्तिकै जीर्ण छन् ।

सडक फराकिलो र मर्मत भए पनि सडकमा रहेका पुल थोत्रा भइसक्दा पनि । यिनको मर्मतका लागि सडक डिभिजनदेखि सडक निर्माण कम्पनीसमेत मौन रहँदै आएको स्थानीयवासीको गुनासो छ ।

नेपालगञ्जमै पनि बागेश्वरी मन्दिर, सेतु विकचोक, देवाफुलवारीबाट लक्ष्मी हल जाने सडकमा रहेको कलर्भड, सुर्खेतरोडमा रहेको जेवी स्कूल नजिकको पुल, टाँगा स्टेशनलगायत स्थानका साना पुल जीर्ण छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका इञ्जीनियर सुरज शर्मा यस्ता धेरै पुलको आयु खस्किसकेकाले तत्काल मर्मत गर्न जरूरी भएपनि यस्ता पुलको मर्मत कसले गर्ने भन्नेबारे अन्योल भएको बताउँछन । सडक डिभिजन कार्यालयले समयमै पुल मर्मतमा चासो नदिँदा पुलको अवस्था कमजोर हुँदै गएको कारकाँदोका गोपाल केसी बताउँछन ।

पुल जीर्ण रहेको अवस्थामा १८ टनभन्दा बढी भारका सवारी साधान चल्न नहुनेमा यहाँ ४० टनसम्मका सवारी साधान चल्दा पनि त्यसलाई रोक्न प्रहरी प्रशासनले कडाइ नगर्दा पुल भाँचिने सम्भावना छ । यसको रोकथाम तथा मर्मत र सुधारका लागि स्थानीय तहले समेत चासो देखाएका छैनन् ।ई(सेतोखरी

  • २० कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech