६ बैशाख २०८१, बिहीबार

बाँकेमा एकचालिस जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके बैजनाथ \ भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले बिहीवार दिउँसो साढे ३ बजे जारी गरेको विवरणअनुसार १२ महिला र २९ पुरुषमा कोरोना पुष्टि भएको हो ।

जसमध्ये १८ जना बाँकेका रहेका छन् भने बाँकी अन्य जिल्लाका रहेको अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा १ सय ५२ जनाको परीक्षण गर्दा ४१ जनामा संक्रमण देखिएको हो ।

भेरी अस्पतालले हालसम्म ४७ हजार १ सय ८६ नमुना परीक्षण गर्दा ३ हजार ७ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जारी गरेको विवरणमा उल्लेख छ ।

  • २० कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech