११ बैशाख २०८१, मंगलवार

नेपालगन्ज-गुलरिया जोड्ने छोटो सडक निर्माण सुरु

नेपालगन्ज-परसपुर-गौघाट-बढैयातालहुँदै गुलरिया २२ किमि सडकबारे बाँकेका सांसद नन्दलाला रोकायद्वारा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल

  • न्युज मानसराेवर

बाँके बैजनाथ\ बाँके र बर्दियाका ग्रामीण बस्तीहुँदै बर्दिया सदरमुकाम गुलरिया जोड्ने छोटो दुरीको सडक निर्माण सुरु भएको छ ।
बाँके क्षेत्र नं। ३ का प्रतिनिधिसभा सदस्य नन्दलाल रोकायले नेपालगन्जबाट गुलरिया पुग्न झन्डै १० किलोमिटर छोटो दुरीको सडक निर्माणबारे बाँके र बर्दियाका स्थानीय तहका जनप्रतिनिधिहरुसँग सडकबारे छलफल थालेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकाको परसपुरबाट, खजुरा गाउँपालिकाको गौघाट, बर्दियाको बढैयाताल गाउँपालिकाको वडा नं। १ र २ हुँदै कण्ठीपुरबाट गुलरियालाई जोड्ने २२ किमि सडक निर्माणबारे सांसद रोकायले पहल थालेका हुन् ।

नेपालगन्जबाट हुलाकी सडकहुँदै गुलरिया ३२ किलोमिटरको दुरी छ । सांसद रोकायले बढैयाताल गाउँपालिकाका अध्यक्ष अध्यक्ष लालबहादुर श्रेष्ठ, बढैयाताल १ का कार्यवाहक वडाध्यक्ष संगीता रोकाय, वडा न २ का कार्यवाहक वडाध्यक्ष भुपालसिँह लामालगायत वडावासीसहितको भेलामा सडक निर्माणबारे धारणा राखेको भेलामा सहभागी नेकपा बाँकेका जिल्ला कमिटी सदस्य भीम ओलीले जानकारी दिए ।

सांसद रोकायले यो सडक निर्माणको लागि डीपीआर तयार भएर वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा रहेको जानकारी गराएका थिए । उनले रणनीतिक रुपमा महत्व रहेको सडकमा आफ्नो पहलमा पहिलो चरणमा बाँकेमा २ करोड ५० लाख र बर्दियामा २ करोड ५० लाख गरी पाँच करोड रुपैयाँको लागतमा सडक निर्माणको काम सुरु भइसकेको छ । यो सडकमा दुबैतिर नालासहित पक्की सडक बन्न ९२ करोडको डीपीआर तयार भएको छ । मेरो खुसी

  • २१ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech