१४ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमणबाट सुत्केरीको मृत्यु
  • न्युज मानसराेवर

बाँके । कोरोना संक्रमण देखिएकी एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ ।

कात्तिक १७ गते सुत्केरी भएकी तुल्सीपुर उपमहानगरपालिका–१० दाङकी २० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । उनको शुक्रबार दिउँसो ३ बजेर २० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

सुत्केरी व्यथाले च्यापेपछि उपचारका लागि कत्तिक १६ गते मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी उनले सोमबार बच्चा जन्माएकी थिइन् । बच्चा जन्मिएपछि पनि उनको स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ती महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार कोरोना संक्रमण देखिएपछि कोरोना वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारको उपचार सुरु गरिएको थियो ।

योसँगै उपचारका लागि बाँके आएर ज्यान गुमाउने बाहिरी जिल्लाका संक्रमितहरुको संख्या २५ पुगेको छ ।

  • २१ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech