८ बैशाख २०८१, शनिबार

नमुना महिला समुहले गर्यो बहिनी समुहलाई बाख्रा उपहार

सामुयिक काम तथा मासिक बचत ५० रुपैया  गरी ६३ हजार एक सय रुपैया कोषमा जम्मा गर्न समेत सफल

  • चादनी थापा मगर

बाँके बैजनाथ \ भोकालाई एक छाक भोजन होइन जिउने जुक्ति शिकाउँ भन्ने मुल उदेश्यका साथ बैजनाथ वडा न १ का महिला समुह द्धारा सामुयिक बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन गरिएको छ ।

बैजनाथ वडा न १ स्थित  नमुना महिला समुहले  बहिनी समुहलाई २४ ओटा बाख्रा उपहार गरेको हो  ।
समुहले लालिगुरास महिला समुहलाई १४ वटा बाख्रा तथा देउराली महिला समुहलाई ११ वटा बाख्रा उपहार प्रदान गरेको हो । २०७६।१।१९ गते गठन गरिएको नमुना महिला समुहले सामुयिक काम तथा मासिक बचत ५० रुपैया  गरी ६३ हजार एक सय रुपैया कोषमा जम्मा गर्न समेत सफल भएको  नमुना महिला समुहकी सचिव खगी सिजालीले समुहको प्रतिवेदनमा उल्लेख गरिन ।  उक्त कोषमा मासिक बचत अब १ सय रुपैया गरिने र कोष क्रमिक रुपमा बृद्धि गदै लैजाने विश्वास समेत व्यक्त गरिन् ।

कार्यक्रमा प्रमुख अथिति बैजनाथ गाउँपालिका उपाध्यक्ष सारदा रेग्मी विकले आर्थिक सामाजिक र नेत्तृव सबै महिलाहरुको अधिकार सुनिश्चित गर्न बैजनाथ गाउँपालिकाले आर्थिक सहयोग गरेको जानकारी गराइन् ।

उनले हेफर आधारशिला बाट आएको परिवतनलाइ संस्थागत गर्न सबै एक हुन आवश्यक रहेको बताइन् ।   विकले हेफर विधिलाई बैजनाथ गाउँपालिकाका प्रत्येक नागरिकको घर आगनमा लैजान प्रतिवद्ध रहेको समेत उल्लेख गरिन् ।

 

वडा न १ अध्यक्ष रुप बहादुर मल्लले संस्थागत रुपमा अब सहकारीमा आवद्ध हुन आग्रह गरे । उनले अब हेफर विधि लाई संस्थागत गर्न सबै सहकारीमा आवद्ध जरुरी रहेको बताए । उनले विगतमा पनि गाउँपालिकाले बाख्रा वितरण गरेको उल्लेख गर्दै आर्यआजनमा कुनै परिवतन नदेखिएकाले हेफर विधि बाट कार्यक्रम संचालन गर्न परेको जानकरी गराए ।

कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत महेश कुमार आचार्यले हेफरको मुख्य उदेश्य नै ग्रामिण क्षेत्रमा रहेका किसानहरुको आर्थिक उन्नती तर्फ केन्द्रित हुनु हो यो हाम्रो कार्यक्रम होइन यो गाउँपालिकाको कार्यक्रम हो उनले भने सबैले यो बुझ्न आवश्यक छ यो कार्यक्रम हेफरको विधि वा मोडेल मात्र हो कार्यक्रमको सबै आर्थिक सहयोग गाउँपालिकाले हो ।

सबैले महशुस गर्ने भनेको आधारशिला हो जुन आधारशिलाले मानिसको जिवन परिवतन तर्फ लैजान्छ तब गाउँपालिका , हेफर र ओ सी.डि.सी .को उदेश्य पुरा हुने छ आचार्यले भने ।

कार्यक्रममा ओ.आ.सी.डि.सी का कार्यकारी निर्देशक रबि रोकायाले  हेफरको विधिलाई संस्थागत गर्न वडा न १ देखी वडा न ४ सम्म एउटा सामाजिक महिला उद्यमी सहकारी स्थापना गरिने जानकारी गराएका थिए  उनले सबै समुहका सदस्यहरुलाई उत्त सहकारीमा आवद्ध हुन समेत आग्रह गरे ।

संचालित कार्यक्रमको  ७५ प्रतिशत गाउँपालिका २५ प्रतिशत हेफर प्रोजेक्टको आर्थिक लगानीमा उत्पीडित सामुदायिक विका कार्यक्रमा वडा सदस्य महिला समुहहरु पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

स केन्द्रको साझेदारीमा बैजनाथ गाउँपालिका वडा न १ देखी वडा न ५ सम्म संचालन छ भने कुल २ हजार परिवारमा कार्यक्रम संचालन गरिएको छ । समुहकी अध्यक्ष मुद्धिसरा बुढाको अध्यक्षतामा सांचालन तथा कार्यक्रम सम्पन गरिएको थियो ।

  • २१ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech