१६ चैत्र २०८०, शुक्रबार

आर्थिक रुपान्तरण अब सहकारीले पुरा गर्छःथापा

आर्थिक रुपमा सामान्य परिवारमा २ वटा बाख्राले केही नहोला तर एउटा चिन्तन हुन्छ र केही गरौ भन्ने कौतुहल पैदा हुन्छ अब तपाइहरुको सहकारी हुन्छ र त्यो कौतुहल आर्थिक रुपान्तरणको साध्य हुने छ

  • सिता जैसि

बाँके बैजनाथ । बैजनाथ गाउँपालिका वडा न २ मा बाख्रा वितरण गरिएको छ ।

बैजनाथ गाउँपालिका हेफर प्रोजेक्ट नेपाल र उत्पीडित सामुदायिक विकास केन्द्र बाँकेको साझेदारीमा संचालित साना किसना सुढिडिकरण परियोजना अन्तगत वडा न २ मा बाख्रा वितरण गरिएको हो ।

वडा न २ मा ४ सय घर परिवारलाई समुहमा आवद्ध गराइ उनीहरुको क्षमता अभिबृद्धि बाख्रा उपहार खोर निमार्ण घास उचित स्यार लगाएतमा परियोजनाले काम गरिरहेको परियोजना संयोजक रामकृष्ण छिनालले जानकारी गराए ।

बाख्रा वितरण कार्यक्रमा वडा न २ का अध्यक्ष प्रेम बहादुर थापाले आर्थिक सामाजिक र नेत्तृवका लागि कार्यक्रम महत्वपूर्ण रहेको बताए । उनले अब सबै महिलाहरु सहकारीमा आवद्ध भई सामाजिक  रुपान्तरण गर्न आवश्यक रहेको बताए । कार्यक्रममा गैर सरकारी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष धर्मलाला रोकायाले भने वितग मा पनि बाख्रा वितरण हुने गर्थे तर उपलब्ध शुन्य हुन्थ्यो ।

आज यहाहरु एक मुठिमा आवद्ध हुनु भएको छ सामाजिक काम गर्दै आर्थिक आम्दानी गर्नु भएको छ त्यो नै परिवतन हो रोकायाले भने । अब सामुयिक रुपमा एक भएर सहकारीमा आवद्ध हुने पर्ने धारण राखे । रोकायले अब हुने वडा भेला बाट आफ्नो आवश्यताको आधारमा रही योजना माग गर्न सक्नु पर्छ  उनले भने ।
कार्यक्रममा बोल्दै  हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत शरद कुमार पोख्रेलले विषेश गरी ग्रामीण क्षेत्रका परिवारहरुको आर्थिक रुपान्तरण मा कार्यक्रमले खेल्ने भूमिका र यस बाट आउने परिवतन बारे जानकारी गराए ।

आर्थिक रुपमा सामान्य परिवारमा २ वटा बाख्राले केही नहोला तर एउटा चिन्तन हुन्छ र केही गरौ भन्ने कौतुहल पैदा हुन्छ अब तपाइहरुको सहकारी हुन्छ र त्यो कौतुहल आर्थिक रुपान्तरणको साध्य हुने छ पोख्रेलले भने ।

यसै गरी  उत्पीडित सामुदायिक विकास केन्द्रका अध्यक्ष डिल बहादुर परियारले संस्थागत रुपमा काम गर्ने कर्मचारीहरु बाट भएका कम्जोरीहरु कही कतै भएका छन् भने वडागत रुपमा रहेका जनप्रतिनिधिहरुले अनुगमन तथा सुझाव दिन आग्रण गरे ।

परियारले कार्यक्रम गाउँपालिकाको रहेको हुदा यसको प्रभावकारी कार्यान्वय वडा पालिका सबैको चासो हुनु पर्ने धारणा राखे । कार्यक्रममा वडा सदस्य भिम बहादुर भूसाल सदस्य भूमिसरा थापाले कार्यक्रम प्रभावकारी रहेको बताउदै शुभकामना  व्यक्त गरेका थिए । बाख्रा ४० वटा ६ वटा समुहका महिलाहरु लाई वितरण गरिएको थियो ।

प्रति व्यक्ति २ वटा बाख्र्रा उपलब्ध गराईएको सामाजिक परिचालिका मालती रुचालले जानकारी गराई ।  कार्यक्रममा महिला समुह बाट स्वागत गित समुहगत प्रतिवेद प्रस्तुति गरिएको थियो ।

  • २३ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech