७ बैशाख २०८१, शुक्रबार

बैजनाथ गाउँपालिकाले संचालनमा ल्यायो गरीबका लागि कोभिड अस्पताल

२० शैयाको कोभिड १९ अस्पताको आतबार उद्घाटन गर्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरी

  • रबि रोकाया

बाँके बैजनाथ\ बैजनाथ गाउँपालिकाले गरीब परिवारका लागि कोभिड १९ अस्थायी अस्पताल संचालनमा ल्याएको छ ।
२० शैयाको कोभिड १९ अस्पताको आतबार उद्घाटन गर्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले गरिब परिवार जसको आर्थिक  कम्जोर छ उहाँहरुका लागि यो कोभिड १९ अस्थायी अस्पतालले सहयोग पुग्ने आफुले विश्वास लिएको बताए ।

रुचालले  कोभिडको विपत महामरी विश्वभर नै छ आफ्नो क्षमता अनुसार रोगलाई नियन्त्रणका उपायहरु अभिलम्ब रोगथाम गर्ने उदेश्यले कोभिड १९ अस्पताल संचालनमा ल्याएका छौ अब न्यून आय आर्जन भएका बैजनाथका नागरिकहरुलाई राहत हुने छ उनले  भने ।

उद्घाटनमा  बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले प्रारम्भिक चरणमा गाउँपालिकाले गर्न सक्ने आफ्नो क्षमता अनुसारको कोभिड अस्पता संचालनमा ल्याएको छौँ  । यसले बैजनाथका आम गरिबको रेखामा रहेका नागरिकहरुलाई अमृत शरह हुने आफुले विश्वास लिएको बताइन् ।

कोभिड १९ अस्पता उद्घाटन कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले हाल २० शैया मध्य ५ शैया अक्सिजन सहित र अन्य १५ शैया सामान्य कोभिड १९ लक्षण देखिएका पोजेटीभ विरामीहरुको उपचार मा प्रयोग गरिने जानकारी गराए । शाहीले आगामी दिनमा वडागत रुपमा रहेका स्वास्थ्य चौकीहरुको सिफारिसमा P.C.R परिक्षण गरिने जानकारी गराए ।

कार्यक्रममा डा सन्जे सिग्देलले सुरक्षाका उपायहरु अप्नाउदै अस्पतामा आएका विरामीहरुको  उपचार  कुनै कम्जोरी नहुने जानकारी गराए ।

उक्त कोभिड अस्पता डा सन्जे सिग्देल सहित अन्य २ जना स्वास्थ्यकर्मी र १ जना कार्यालय सहयोगि रहने छन् ।

कार्यक्रम संचालन निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्तराज आचार्यले संचालन गरेका थिए । भने कार्यक्रममा स्वास्थ्य शाखा प्रतिनिधि वडा अध्यक्ष कार्यापालिका सदस्य लेखा अधिकृत योजना अधिकृत लगाएतको सहभागिता रहेको थियो ।

  • २३ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech