१३ बैशाख २०८१, बिहीबार

बाँकेमा आइतवार ३७ जना डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके बैजानाथ\ बाँकेमा आइतवार ३७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २० पुरुष र १७ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ५९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

हालसम्म ३ हजार ३ सय ९२ जनामा संक्रमण देखिएको छ भने कोरोनाबाट निको हुने दर ९० दशमलव १८ प्रतिशत रहेको छ ।

अब आइसोलेशनमा बाँकेका २ सय ९८ र अन्य जिल्लाका २२ गरी ३ सय २० जना छन् । कोरोनाका कारण बाँकेमा ३५ जनाको मृत्युु भइसकेको छ ।

  • २३ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech