११ बैशाख २०८१, मंगलवार

ब्यबसायिक च्याउ खेती बाट मनग्य आम्दानी गदै पदमीकली

२८ लाखको लगानीमा च्याउ उत्पादनका लागि भबन निमार्ण

  • पवित्रा परियार

बाँके बैजनाथ \ कोहलपुर नगरपालिका वडा न १ की पदमीकला बमले ब्यबसायिक रुपमा च्याउ खेती गर्न लागेको १३ बर्ष भयो ।  पदमीकलाले २०६५ साल देखि च्याउ खेती गदै आउनु भएको छ । ११ वडा बल बाट च्याउ उत्पादन सुरु गर्नुभएको थियो ।  सुरुमा घरमा खानाका लागि मात्र च्याउ उत्पादन गर्ने पदमीले अहीले ब्यबसायिक रुपमामा नै च्याउ खेती तर्फ लाग्नु भएको हो ।
च्याउ उत्पादन सम्बन्धि तालिम लिएर आफुले च्याउ खेती सुरु गरेको पदमीकला बम बताउनुहुन्छ । ६ सात वडा डल्ला बाट उत्पादन सुरु गरेकी पदमीले अहीले एक हजार बलमा च्याउ उत्पादन गर्ने योजना बनाउनु भएको छ ।
यही च्याउ ब्यबसाय लाई बढाउदै ५ हजार बल सम्म च्याउ उत्पादन गर्ने पदमीको लक्ष्य रहेको छ । पदमीले च्याउ उत्पादन हुने समयमा मात्र नभएर बेमौसमा पनि च्याउ उत्पादन गदै आउनु भएको छ । च्याउ खेती बाट राम्रो आम्दानी गर्न सकीने पदमीकला बताउनुहुन्छ । उहा भन्नुहुन्छ २० हजार लगानी बाट हामीले च्याउ उत्पादन सुरु गर्यौ भने त्यस बाट सबै खर्च कटाएर ४० हजार सम्म आम्दानी गर्न सकीन्छ । नमुना च्याउ फर्म सन्चालन गदै आएकी बमलाई जिल्ला कृषि ज्ञान केन्द्र बाट १० लाख अनुदान समेत दियो ।
अहीले बमले २८ लाखको लगानीमा च्याउ उत्पादनका लागि भबन निमार्ण गर्नुभएको छ । च्याउ उत्पादन गर्ने कोठामा राम्रो संग प्रकाश हावा सन्चालन भएन भने च्याउ कुहीन बिग्रन सक्छ । त्यसैले कोठाको ब्यबस्था गर्दा दोहोरो हावा सन्चालन हुने गरी ब्यबस्था गनुपर्ने बम बताउनुहुन्छ । पदमीकलाले अहीले थोपा सिचाई बाट च्याउहरुलाई सिचाई गर्नुहुन्छ ।

थोपा सिचाईले गर्मी मौसममा पनि माटो लाई चिसो बनाई राख्ने एक नासले सबै बलहरुलाई एक नासले सिचाई हुने भएकाले थोपा सिचाई बाट च्याउमा सिचाई गर्ने पदमीकला बम बताउनुहुन्छ ।  बिदेशमा गर्ने दुख नेपाल मै गर्ने हो भने यही कृषि पेशा बाट मनग्य आम्दानी र्ग सकीने बम बताउनुहुन्छ । महीलाहरु आर्थिक रुपले आत्म निर्भर हुनपर्ने पदमीकला बम बताउनुहुन्छ ।
सानै लगानी बाट भए पनि महीलाहरु आत्मनिर्भर हुनका लागि केही ब्यबसाय गर्न सकीने पदमीकला बम बताउनुहुन्छ । धेरै युवा तथा महीलाको लागि गतिलो पे्ररणा हुनुहुन्छ नमुना च्याउ फर्म की पदमीकला बम । च्याउ खेती मार्फत बमले मासिक दुई लाख सम्म मुनाफा कमाउनुभयो ।
दुई वटा टलेन बनाएर च्याउ खेती गरिरहेकी बमलाई अहीले श्रीमान टंक बहादुर बम र छोराछोरीहरुले समेत साथ दिइरहेका छन् । बमले अहीले गाउँमो २ सय ५० रुपैयाका दरले च्याउ बेच्नुभयो । च्याउको बजारका लागि कुनै समस्या नभएको बमको अनुभब छ । बमले उत्पादन गरेका च्याउ फर्म मै पुगेर स्थानियहरुले किन्छन् ।

  • २४ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech