१५ चैत्र २०८०, बिहीबार

व्यवसायिक फुल खेतीमा रमाउदै बिष्णु चौधरी
  • पवित्रा परियार

बाँके बैजनाथ \ बाँकेको कोहलपुर नगरपालिका वडा न २ बस्ने बिष्णु चौधरीले ब्यबसायिक रुपमा फुल खेती संचालन गरेकी छिन् । बिष्णु चौधरी बाँके जिल्लामा ब्यबसायिक रुपमा फुल खेती गर्ने पहीलो महीला हुन ।

फुलको ब्यबसाय गर्दा लगानी पनि कम लाग्ने तथा बजार पनि निकै राम्रो हुने भएकाले आफुले फुलको ब्यबसाय सुरु गरेको चौधरी जानकारी गराईन् । चाडपर्बको बेला माला बनाउन , बिबाहमा सजाउन , उपहार दिन ,बिभिन्न सभा तथा गोष्ठीमा फुलको प्रयोग एकदमै बढि हुने गरेको र यस बाट पनि आम्दानी गर्न सकीन्छ भनेर बिगत २ बर्ष देखि ब्यबसायिक रुपमा फुल खेती तर्फ लागेको चौधरीले भनिन् ।

चौधरीले ८ कठ्ठा जग्गामा सयपत्री फुल लगायकी छिन् । ६० हजार लगानी गरेर सुरु गरेको सयपत्री फुल खेती बाट २ लाख सम्म आम्दानी गर्न सकीने बिष्णु दावी रहेको छ ।

भने सयपत्री, ग्ल्याडिओलास, ट्युबरोस जातका फुलहरु समेत उनले व्यवसायिक रुपमा संचालनमा ल्याएकी छिन् । आफुले उत्पादन गरेका फुलको माग कोहलपुर , नेपालगन्ज , धनगढि सम्म हुने गरेको छ चौधरीले भनिन् ।

चौधरीले सयपत्री फुल प्रतिकिलो ५ सय रुपैयाका दरले बजारमा बिक्री गर्ने हुने गरेको छ । फुलका बेर्ना समेत उत्पादन गरेर बिक्री गदै हुन्छ । कोरोना संक्रमणका कारण फूलको व्यापारमा असर पर्ने हो की भन्ने चिन्ता बिष्णुलाई छ ।

नेपालमा ब्यबसायिक रुपमा फुल खेती गर्नेको संख्या एकदमै कम रहेकाले फुल खेती तर्फ युवाहरुलाई आर्कषित गर्ने खालका योजना तथा कार्यक्रमहरु स्थानिय सरकार तथा प्रदेश सरकारले ल्याउनु आवश्यक रहेको बिष्णु भन्छिन् ।

फुल खेती गर्ने कृषकहरुलाई सस्तो दरमा फुलका बेर्ना तथा मल उपलब्ध भए पनि फुल खेती गर्ने किशानहरुलाई केही मात्रामा भएपनि राहत हुने बिष्णुको बुझाइ रहेको छ ।

  • २६ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech