७ बैशाख २०८१, शुक्रबार

काेहलपुरबाट सात किलाे अफिमसहित दुईजना पक्राउ
  • न्युज मानसराेवर

काेहलपुर। काेहलपुरबाट सात किलाे अफिमसहित दुईजना पक्राउ परेका छन्।

मंगलबार काेहलपुरबाट पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेले आज सार्वनिजक गरेकाे हाे।

पक्राउ पर्नेमा जाजरकोट नलगाढ नगरपालिका-९  का ४५ वर्षीय जयबहादुर सिंह र ३३ वर्षीय वीरेन्द्रमान सिंह रहेका छन्।

उनीहरु दुवैजना कोहलपुर बसपार्कस्थित भेरी गेष्ट हाउसबाट ७ किलो अफिमसहित पक्राउ परेका थिए।

लागुऔषध अफिमको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्युरो, शाखा कार्यालय नेपालगंज र जिल्ला प्रहरीको टोलीले खानतलासी गर्दा ती दुवैजना पक्राउ परेको बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले बताए । उनीहरुको साथबाट कालो रंगको झोला भित्र ७ वटा प्लाष्टिकको पोका बनाई राखेको अवस्थामा गिलो लागु औषध अफिम जस्तो पदार्थ फेला पारेर बरामद गरी आवश्यक अनुसन्धान एवं कारवाही अगाडि बढाइएको प्रमुख रानाको भनाइ छ।

  • २६ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech