१३ बैशाख २०८१, बिहीबार

निःशुल्क पीसीआर परीक्षणमा सेवाग्राहीसँग एक हजार असुल्ने ३ जना पक्राउ
  • न्युज मानसराेवर

बाँके बैजनाथ । भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा सःशुल्क पीसीआर परीक्षणमा एक हजार रुपैयाँ सेवाग्राहीसँग लिएर निःशुल्क गराउने तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर हृदेश सापकोटाका अनुसार पक्राउ पर्नेमा भेरी अस्पतालमा कार्यरत २ जना सेक्युरिटी र एक जना कार्यालय सहयोगी रहेका छन् । अस्पतालले सेक्युरिटीको जिम्मा निजी सुरक्षा कम्पनीलाई दिएको छ । प्रहरीसँगको प्रारम्भिक बयानमा उनीहरुले ६ जना व्यक्तिबाट एक एक हजार रुपैयाँ लिएको बताएका छन् ।

पक्राउ पर्नेमा सुरक्षा गार्ड विवेक अधिकारी, बद्री खनाल र बासुदेव जोशी रहेका छन् । पीसीआर परीक्षणका लागि सिफारिसपत्रमा किर्ते गरेको पक्राउ परेकामाथि आरोप छ ।पक्राउ परेका कर्मचारी र संलग्नहरुमा अनुसन्धान बाँके प्रहरीले सुरु गरिसकेको छ ।

भेरी अस्पतालमा विपन्नलाई डाक्टरको सिफारिसमा निःशुल्क कोरोना परीक्षण हुन्छ । पैसा तिरेर परीक्षण गर्नेलाई भने दुई हजार रुपैयाँ लाग्छ । सोझासाझा बिरामी तथा सेवाग्राहीहरुलाई खराब नियतका केहि व्यक्तिहरुले कोभिड १९ को परिक्षण गराइदिन्छु भनि जालसाझी गरि गैरजिम्मेवार कार्यहरु गर्ने गरेको सिकायत आउने बित्तिकै निजहरुसँग पुछताछ गरि थप अनुसन्धानको निम्ति ३ जनालाई प्रहरीको जिम्मा लगाइसकिएको छ । उक्त ३ जना अस्पतालको कर्मचारी नभइ सेक्यूरिटीको जिम्मा पाएको फर्म मार्फत खटाइएका गार्ड रहेको खुल्न आएको छ। अस्पताल स्रोतले जानकारी दिएको छ ।

  • २६ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech