७ बैशाख २०८१, शुक्रबार

गरिमा विकास बैकको १०५ औ शाखा कोहलपुरमा संचालन
  • आर के छिनाल

बाँके बैजनाथ ।  गरिमा विकास बैक लिमिटेडले कोहलपुरमा आफ्नो १०५ औ शाखा विस्तार गरेको छ । बढ्दो शहरीकरण सगै बाँकेको कोहलपुर पछिल्लो पटक वित्तय संस्था र बैकहरुको नजरमा  पर्न सफल नगर पर्छ । यहाँको व्यापार ,उद्योग , शिक्षा तथा बढ्दो जनसख्याले समेत वित्तय संस्था तथा विकास बैकहरुको रोजाई कोहलपुर बनेको छ ।

तत्कालिन मध्य तथा सुदुरपश्चिमको केन्द्र कोहलपुर वित्तिय संस्था र बैकहरु मुख्य रोजाइ हो । गरिमा विकास  बैक एक राष्ट्यि स्तरको बैकको रुपमा स्थापित परिचित   बैक हो ।

बैकले कारोबार शुरु गरे पनि औपचारिक उद्घाटन गर्न भने बाँकी रहेको छ तर हामीले पैसा राख्ने खजानाको पुजा गरी आर्थिक कारोबार संचालनमा ल्याएका छौँ गरिमा विकास बैक कोहलपुर शाखाका प्रवन्धक हरिश आचार्यले जानकारी गराए ।

आचार्यले हाल बैकले विना धितो लगानी र कृषि कर्जा   न्यून ब्याज  दर लाई महत्व दिएको बताए ।

 

  • २७ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech